पोखराको सीतापाइलामा रहेको वृद्धाश्रममा बाउन्न लाखको अक्षयकोष स्थापना

पोखरा न्युज ।

पोखरा लेखनाथ महानगरपालिका– १७ सीतापाइलामा रहेको पोखरा वृद्धाश्रममा रु ५२ लाख ५८ हजारको अक्षयकोष स्थापना गरिएको छ ।

वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई खान, बस्न, स्वास्थ्य उपचार, वर्षको एकचोटी देशका विभिन्न ठाउँको भ्रमण गराउने उद्देश्यले विभिन्न महानुभावले सो अक्षयकोष स्थापना गर्न सहयोग गर्नुभएको पोखरा वृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष टीकाबहादुर भण्डारीले जानकारी दिनुभयो ।

छोराछोरीबाट अपहेलित, आफन्त कोही नभएका बेसहारा र तिरस्कृत १६ जिल्लाका ५६ वृद्धवृद्धा सो वृद्धाश्रममा बसोबास गर्दै आएका छन् । वृद्धाश्रममा ६० वर्षदेखि १०० वर्षसम्मका ३१ महिला र २५ पुरुष रहेका छन् ।

सो वृद्धाश्रमलाई महानगरपालिका–३३ भरतपोखरीकी रमादेवी पौडेलले रु २५ लाख, पोखरा गैरापाटन घर भई काठमाडौँ बस्दै आउनुभएका किशोर पराजुलीले रु तीन लाख, गुल्मी घर भई रामघाट बस्दै आउनुभएका चेतबहादुर गुरुङलले रु एक लाख सहयोग गर्नुभएको छ । अक्षयकोषलाई बढाएर रु एक करोडसम्म पु¥याउने लक्ष्य रहेको अध्यक्ष भण्डारीले बताउनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button