मौजाबासीसँग काँग्रेसको प्रतिबद्धता –“कालोपत्रे सडक रिङरोडसँग कनेक्सन”

पोखरा न्युज । 

पोखरा महानगरपालिकाभित्र कास्की क्षेत्र न २ को दुरदराजको गाँउ मौजालाई अब रिङरोडसँग कनेक्सन गरिने छ । भलामहुदैं जाने रिङरोडसँग भईरहेको बाटोलाई कनेक्सन गर्दै सहज यातायातको पहुँच पुग्ने विश्वास स्थानीयबासीले लिएका छन् । रोड कनेक्सनको जिम्मेवारी भने नेपाली काँग्रेस क्षेत्र नं २ प्रदेश खका उम्मेदवार विन्दुकुमार थापाले लिएका छन् । पोखरा स्थायी घर भएका थापाले आफनो जितपछिको पहिलो एजेण्डा नै सडक निर्माणसँगै रिङरोडसँग कनेक्सन गर्ने सुनाए ।

आफनो निर्वाचन क्षेत्र अन्तर्गत घरदैलो गर्न मंगलबार मौजा पुगेका थापाले स्थानीयबासीको सम्बोधनलाई निर्वाचनपछि तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । उनले घरदैलोपछि आयोजित सभालाई सम्बोधन गर्दै भने–“भईरहेको बाटोलाई रिङरोडसँग कनेक्सन, कच्ची सडकलाई ५ वर्षभित्रमा स्तरोन्नति गर्दै कालोपत्रे गर्न रेडबुकमा राख्ने छु ।”

उम्मेदवार थापाले सामी खोलामा मोटरेबल पुल निर्माणको लागि समेत आफनो एजेण्डा रहेको बताए । “गाउँलेको तत्कालको आवश्यकता मोटरेबल पुल बनाउन सहयोगी भूमिका खेल्छु ।” उनले भने–“त्यसको लागि यहाँहरुको मत काँग्रेसलाई दिनुपर्छ । हामीले (काँग्रेसले) जित्नुपर्छ ।”

गाँउमा खानेपानीको समस्या पनि उस्तै छ । तीन वटा टोलमा एकसय ५० भन्दा घरपरिवारलाई खानेपानीको समस्या छ । एक गाग्री पानीको लागि एक विहान समय लाग्ने गरेको छ । उम्मेदवार थापाले खानेपानीको समस्याको समाधान तत्काल गर्ने प्रतिबद्धता समेत जनाए । “मौजा, मोहरियार हात्तीगौडामा पानीको समस्या उठाउनुभयो ।”उनले भने–“त्यसको समाधान तत्कालै गर्ने छु ।”

मौजा बाख्रापालनको लागि गर्न निकै उपयुक्त क्षेत्र भएको उल्लेख गर्दै उम्मेदवार थापाले बाख्रापालन मार्फत आयआर्जनको लागि समेत आफुले सहयोगी भूमिका खेल्ने बताए । सभामा कास्की क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार देवराज चालिसे नेपाली काँग्रेस पोखरा महानगरपालिका २० का सभापति तिलबहादुर गुरुङ, क्षेत्रीय सभापति माधव बास्तोला, नेपाली काँग्रेस महिला संघकी संस्थापक अध्यक्ष सकुन्तला गुरुङले काँग्रेसको जितले मात्रै समृद्धि पुरा हुने जिकिर गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button