पोखरामा १५ औं प्याब्सन मिट अन्तर्गत फुटबल खेल सुरु

पोखरा न्युज ।

१५ औं प्याव्सन मिट अन्तर्गत विहिवार देखि सिनियर र जुनियर तर्फको फुटबल खेल सुरु भएको छ । भण्डार ढिकको रंगशाला र नेपाल आर्दशको खेल मैदानमा जुनियर तर्फका खेलहरु र हेम्जाको विष्णुपादुका तथा गौरिशंकर मावीको खेल मैदानमा सिनियरका नकआउट चरणका खेलहरु आयोजना गरिएको छ ।

जस अन्र्तगत विहिवार सम्पन्न भएको सिनियर तर्फको खेलमा पोखरा पव्लिकले मेट्रोपोलिटियन लाई २–० ले लक्ष्मी आवाशियले वेष्ट पोइन्टलाई ४–१ ले, अल्फा एकेडेमीले चिरगादी वोर्डिङ्ग लाई ७–० ले, वालकल्याणले नोवल एकेडेमीलाई ४–० ले र न्यु ऐराले पोखरा लर्नसलाई २–१ गोल अन्तरले पराजित गरेका छन । त्यसै गरि सिनियर तर्फका अन्य खेलमा डायमण्ड वोर्डिङ्गले पोखरा युनाइटेडलाई ६–० ले, शान्तिदिप इङ्गलिस स्कुलले भाष्कर मेमोरियललाई ४–१ ले, सरस्वती सेकेण्डरीले पोखरा कृयटिभलाई ४–० ले र पारामाउण्टले सूर्योदयलाई २–० गोल अन्तरले पराजित गरि दोश्रो चरणमा प्रवेश गरेका छन ।

त्यस्तै जुनियर तर्फको खेलमा सवलाइम वोर्डिङ्गले तारापुञ्जलाई ७–५ ले वालप्रभातले डाइनामिकलाई १–० ले विद्या निकेतनले वाल कल्याणलाई २–० ले रेन्वो एकेडेमीले पोखरा स्पाइरललाई १०–१ ले, धौलागिरी वोर्डिङ्गले गुरुकुललाई ५–० ले, शिसु निकेतनले लेखनाथ विभुतीलाई १–० गोल अन्तरले पराजित गरेका छन् । त्यस्तै जुनियर तर्फ नै गोल्डन नेचरले भ्यू पोइन्टलाई ४–२ ले भाष्करले वेष्ट पोइन्टलाई ३–० ले, वाल विद्याले पोखरा लर्नसलाई २–१ ले, प्रगती वोर्डिङ्गले सृजना वोर्डिङ्गलाई ३–२ ले, नोवल एकेडेमीले सोसियल पव्लिकलाई ३–० ले र पोखरा एकेडेमीले शान्ति निकुञ्जलाई ५–० गोल अन्तरले पराजित गरि दोश्रो चरणमा प्रवेश गरेका छन ।

फुटबलका सेमीफाइनल र फाइनल खेलहरु भने पोखरा रंगशालामा सम्पन्न गरिने प्यब्सनका सचिव मथुरा पौडेलले जानकारी दिए । पौडेलका अनुसार जुनियर फुटबल तर्फ ४८ र सिनयर तर्फ ७२ विद्यालयका टिम प्रतिष्पर्धा गरिरहेका छन ।

प्याब्सनमिट अन्र्तगत प्याब्सन कास्की अन्र्तगतका कुल ८४ व्रिद्यालयहरुको सहभागिता रहेको छ । प्रतियोगितामा करिव ६ हजार विद्यार्थीहरुको सहभागिता रहेको प्याब्सन कास्कीका अध्यक्ष दिनेश श्रेष्ठले वताए । प्याब्सनमिटमा फुटवल जुनियर सिनियर, भलिवल छात्र–छात्रा, टेवल टेनिस सिंगल्स् डवल्स र एथलेटिक्स तर्फ ट्रयाक एण्ड फिल्ड तर्फका सम्पुर्ण खेलहरु हुनेछन । ट्रयाक एण्ड फिल्डमा छात्र–छात्रा १ सय, २ सय ८ सय र १५ सय मिटरको दौडका साथै ४ सय मिटरको रिले दौड, लङ्ग जम्प, हाइ जम्प र ट्रिपल जम्पका खेलहरु समावेश गरिएको १५ औ प्याब्सन मिटका संयोजक एवम प्याब्सन कास्की वरिष्ठ उपाध्यक्ष षडानन्द गौतमले बताए ।

मंसिर १३ गते पोखरा रंगशालामा नेपाल सरकारका मुख्य सचिव लोक दर्शन रेग्मीले १५ औं प्याब्सन मिटको औपचारिक उद्घाटन गर्ने भएका छन । प्रतियोगिता मंसिर १७ गते सम्पन्न हुने संयोजक गौतमले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button