पोखरामा होटल क्षेत्रको दक्षता बढाउन नेदरल्याण्डको पुमसँग समझदारी

पोखरा न्युज ।

पश्चिमाञ्चल होटल संघ पोखरा र नेदरल्याण्डको पुम नामक संस्था विच पोखराका होटलकर्मी तथा उनीहरुका कर्मचारीको दक्षता अभिवृद्धिका लागि तालिम लिनेदिने विषयमा विहिबार एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

संघका अध्यक्ष विकल तुलाचन र पुम नेदरल्याण्ड सिनियर एक्सपर्ट्स अन्तर्गत नेपाल शाखाका संयोजक जोहनले हस्ताक्षरित समझदारी पत्रहरु एक समारोहका विच पोखरामा आदानप्रदान गरेका थिए ।

पुम नेदरल्याण्डले पर्यटन तथा कृषि क्षेत्रमा विभिन्न तालिमहरु निशुल्क प्रदान गर्न स्वयंसेवक प्राविधिकहरु उपलब्ध गराउँदै आएको छ । एक वर्षका लागि गरिएको समझदारी पत्रमा पुमले होटल क्षेत्रमा तालिम प्रदान गर्न एक वर्षका लागि प्राविधिकहरु उपलब्ध गराउने र यसका लागि संघले दुई वटा विभिन्न तािलमहरु अयोजना गर्नुपर्ने उल्लेख छ ।

खासगरी पर्यटन प्रवद्र्धन, होटल तथा आफ्नो प्रतिष्ठान र ब्राण्डको बजारिकरण, अनलाइन बजारिकरण तथा इकमर्स लगायतका कुनै दुई विषयमा तालिम संचालन गर्ने शोचमा दुई संस्था रहेका छन् । यस्तो तालिमले सामाजिक आर्थिक उन्नती तथा होटलको व्यावसायिक विकासका लागि टेवा पुग्ने पुमका नेपाल संयोजक जोहनले स्पस्ट पारे । आफूहरु विविध विषयमा तालिम प्रदान गर्न तयार रहेको बताउँदै उनले यो व्यवसायीकै लागि फाइदाको कुरा भएको स्पष्ट पारे ।

संघका अध्यक्ष विकल तुलाचनले विगतमा पनि पुमसँग सहकार्य गरेर तालिम सचालन गरिएको स्मरण गराउँदै संघ आफ्ना सदस्य तथा कर्मचारीको क्षमता अभिवृद्धि गर्ने विषयमा सचेत रहेको बताउँदै तालिम प्रभावकारी ढंगले संचालन हुने विश्वास व्यक्त गरे । संघले तालिमका लागि मिति र विषय छिटै तय गर्ने बताउँदै अध्यक्ष तुलाचनले प्रतिस्पर्धात्मक पर्यटन वजारमा अब्बल ठहरिन पनि यसप्रकारको तालिम आबश्यक पर्ने भनाई राखे ।

संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले पुमसँग सहकार्य गरेर काम गर्न पाउँदा आफूहरु उत्साही भएको बताउँदै विगतमा पुमसँगको सहकार्यलाई आफूहरुले सकारात्मक रुपमा लिएको भनाई राखे । होटलहरुको स्तर र तालिम लिन इच्छुक व्यक्तिको क्षमता हेरेर तािलम आगडि बढाउन जरुरी रहेको सुझाव पनि उनले राखे । पुमकी प्रतिनिधी लाजली बज्राचार्यले पनि कार्यक्रममा भनाई राखेकी थिइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button