नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कायकारी निर्देशक नर बहादुर थापाले सरकार विकासको आधार भुत पुर्वाधार सहित पहिला पुगे पछि मात्र बैंकहरु स्थानिय निकायमा जाने बताएकाछन। नेपाल राष्ट्र बैंक अनुसन्धान विभागले सुक्रबार पोखरामा आयोजना गरेको नेपालमा बैंकिङ विज्नेस मोडल बिषयक छलफल कार्यक्रममा बोल्दै निर्देशक थापाले सरकारले विकासको आधारभूत पुर्वाधार निमार्ण नगरी पहिला राष्ट्रिय बाणिज्य बैंकहरु जान नसक्ने दाबी गरेका हुन ।
देशमा हाल भएका ७ सय ५३ स्थानिय निकाय मध्य हालसम्म ३ सय ४५ वटा स्थानिय निकायसम्म बैंकको पहुच पुगेको बताउदै निर्देशक थापाले अब सरकारले स्थानिय निकायमा यातयात, शान्ति सुरक्षा, खानेपानी, बिद्युत र इन्टरनेटको आधारभूत विकासको पुर्वाधार तत्काल निमार्ण गर्नू गर्ने त्यस पछि बैंकहरुको उपस्थित हुने उनले दाबी गरे । उनले भने “ अधिकाशं बैंकहरुले सफ्टवयरबाट काम गर्ने हुदा बिद्युत र ईन्टरनेट बेैंक तथा विक्तिय क्षेत्रको लागि पहिाले आवश्यकता हो । ”
अर्थ शास्त्री तथा विज्ञहरुले स्थानिय तहको कुना कुना सम्म बैंक तथा विक्तिय क्षेत्रको उपस्थित विना विकास सम्भव नहुने कुरा बताई रहेका वेला सरकारले पनि स्थानिय निकायमा बाणिज्य बैंकबाटै आर्थिक कारोवार गर्नु गराउनु भन्ने निर्देशन दिएकोले गदा पनि बाणिज्य बैंकको उपस्थिती नरहेको स्थानिय निकायमा आर्थिक कारोवार गर्न कठिन हुदै आएको छ । पोखरा क्षेत्रका बैंकिङ तथा अर्थशास्त्रि एंव विभिन्न संघ संस्थाका पदाधिकारीहरुले दिएको सुझावलाइ आफुहरुले मनन गर्ने निर्देशक थापाले जनाए । नेपाल राष्ट्र बैंक बाणिज्य बैैंकहरुको सङख्या घटाउन चाहेको उनले जनाए । हाल रहेका २८ वटा बाणिज्य बैंकबाट कम्तिमा १५ देखि १८ वटामा झार्ने पक्षमा बाािणज्य बैंक रहेको थापाले जनाए । बेैंक तथा विक्तिय क्षेत्रलाइ राष्ट्र बेैंकले पुंजी बृद्धि गराउदा हाल विक्तिय क्षत्रहरु आर्थिक हिसावले मजवुद भएको निर्देशक थापाले दाबी गरे ।
विभागका उपनिर्देशक कुलराज भट्ट, नेपाल राष्ट्र बैंक पोखराका निर्देशक ओमनाथ गौतम, पोखरा लेखनाथ महानगरपालीकाका मेयर मान बहादुर जिसी लगायतले बैंककीङ क्षेत्रमा भएको अस्वस्थ प्रतिष्प्रर्धा हटाइ जनताको पहुचमा पुग्ने गरी बैंकिङ सेवा चुस्त दुरुस्त हुनुपर्नेमा जोड दिए ।