पोखरा न्युज – २९ माघ ।
उपप्रधानमन्त्री एवं राप्रपाका अध्यक्ष कमल थापाले जनताको पछिल्लो जनादेशअनुसार वर्तमान सरकारले चाँडै सत्ता हस्तान्तरण गर्न लागेको बताएका छन् ।
सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले संघीय संसद् गठनको पूर्णतामा समय लागेकाले सत्ता हस्तान्तरणमा पनि समय लागेको स्पष्ट पारे ।
ऊर्जा मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका थापाले भने, “ऊर्जाको विकासबाट मात्र देशमा समृद्धि र बिकास हुन्छ ।”
अब बन्ने नयाँ सरकारलाई आफूहरुको रचनात्मक सहयोग रहने उनले बताए ।