जि.प्र.का. कास्कीको सिफारिसमा जापान उडन लागेको फुटबल टिम काठमाण्डौ विमानस्थलबाट फिर्ता

केशव पाठक, पोखरा न्युज – १२ चैत । 

जापानको टोकियोमा हुने कोफा पुमा टोरेरो कप फुटबल प्रतियोगितामा सहभागिताका लागि जान लागेको युवा टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमनले फिर्ता पठाएको छ । सोमवार राति ११ बजे त्रिभुबन विमानस्थलबाट जापानका लागि उड्न १४ जनाको टोली अन्तर्राष्ट्रिय विमान स्थल पुगेको थियो ।

अध्यागमन अध्यागमन अधिकारीहरुले विदेशमा खेल्न जान पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समिती र राष्ट्रिय खेलकुद परिषदको पत्र माग गरेका थिए । जिल्ला प्रशासन कार्यालय कास्कीको सिफारिसका आधारमा जान लागेको टिमलाई विमानस्थलको अध्यागमनले रोकेको हो ।

बिमाानस्थलबाट फिर्ता भएको जानकारी दिंदै पश्चिमाञ्चल क्षेत्रिय खेलकुद  विकास समितीका अध्यक्ष खगराज पौडेलले बुधबार आवश्यक पत्र बनाइदिने बताए । पूर्व राष्ट्रिय खेलाडी एवम प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा जान लागेको टिमलाई आइतबार पोखरा बाट क्षेत्रिय अध्यक्ष पौडेलले विदाइ गरेका थिए । उनले रोकिएका खेलाडी मंगलबार सम्ममा जापान उडाउने तयारी भएको समेत बताए ।

कोफा पुमा टोरेरो कप फुटबल एक वृहद प्रतियोगिता भएको र यहाँका खेलाडीले सहभागिता जनाए पछि फुटबलमा धेरै कुरा सिक्ने र अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग पुग्ने भन्दै जापान स्थित फन रुट्स फुटबल एकेडेमीमा कार्यरत पूर्व राष्ट्रिय खेलाडी एवम एकेडेमीका प्रशिक्षक बसन्त गौचनको पहलमा उनीहरुलाई जापान लैजाने तयारी गरिएको थियो । गत वर्ष पनि यहि कार्यक्रम अन्र्तगत यस्तै युवा समुहलाई निशुल्क रुपमा जापान लगिएको थियो ।

फन रुट्स फुटबल एकेडेमीले नै हरेका वर्ष यो प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button