पोखरा लेखनाथ महानगर कार्यालयमा फेसबुक बन्द

केशब पाठक, पोखरा न्युज – १८ चैत्र  ।

पोखरा लेखनाथ महानगर कार्यालयमा आइतबारबाट पूर्ण रुपमा सोसियल मिडिया मध्येको फेसबुक बन्द भएको छ ।

यो ब्यवस्थाबाट महानगर कार्यालयकोे इन्टरनेटमा संचालित हुने इन्टरनेट र वाइफाइमा फेसबुक पूर्णरुपमा बन्द भएको महानगरका मेयर मान बहादुर जिशीका स्वकिय सचिब लक्ष्मण तिमिल्सीनाले जानकारी दिए ।

मेयर जिशीले कार्यालय समयमा पनि धेरै जसो कर्मचारीहरु सेवाग्रहीको काम छोडेर फेसबुकमा तल्लिन भएपछि यसलाई रोक्न मन्त्रालयसंग समन्वय समेत गरेका थिए । हाल उनी विदेश भ्रमणमा रहे पनि आजबाट कार्यालयमा पूर्ण रुपमा फेसबुक बन्द भएको छ । यो संगै महानगरका सम्पूर्ण वडाहरुमा मंगलबारबाट यो लागु हुने स्वकिय सचिव तिमिल्सिनाले जानकारी दिएका छन । अब महानगर कार्यालयका कुनै पनि डेष्कटप र मोबाइलमा फेसबुक चल्ने छैन ।

कार्यालयको समयमा सेवाग्रहीको कामलाई चुस्त दुरुस्त बनाउन मेयर जिशीले केही दिन अघि पहल थाल्दै आफु पनि कार्यालय समयमा कुनै सार्वजनिक कार्यक्रममा सहभागी नहुने घोषणा गरेका थिए । उनले कार्यालय समयमा दैनिक आउने करिव २ हजार सेवाग्रहीलाई सोही अनुसार उनीहरुको कामलाई छिटो छरितो बनाउन फेसबुक बन्द गराउन पहल थालेका थिए । महानगर कार्यालयमा योजना शाखा, घर नक्शा पास र राजश्व शाखामा सेवाग्रहीको अत्याधिक चाप हुँदै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button