पोखरा न्युज- ०२ जेठ ।
प्रहरीले पोखराका विभिन्न स्थानमा भएका चोरीका घटनामा संलग्न दुइ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलीले पोखराका विभिन्न स्थानमा भएका चोरीका कार्यमा संलग्न दुइ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोरखाको मान्वु घर भई हाल पोखरा लेखनाथ महानगरपलिका ६ बस्ने १९ बर्षीय दिपक घले र उदयपुर घर भई हाल कास्कीको पोखरा लेखनाथ महानगरपालिका १३ चिसापानि बस्ने ३१ बर्षीया विन्दा तामाङ रहेको प्रहरीले जनाएको छ ।
पोखराको खहरेचोकमा गत वैशाख ३१ गते चेकिङका क्रममा प्रहरीले घलेललाई चोरेको एउटा ल्यापटप, ८ वटा मोवाईल, चार्जर, विभिन्न मेमोरी कार्ड, पेनड्राईभ , ब्याट्री लगायतका ईलेक्ट्रोनिकस सामानहरु सहित पक्राउ गरेको प्रहरीले उल्लेख गरेको छ ।
कास्कीको प्रहरी टोलीले जेठ १ गते पोखरा न्यूरोडवाट विन्दा तामाङलाई चोरी गरेका विभिन्न झोलाहरु सहित पक्राउ गरेको जनाएको छ ।