चर्चामा भावनाको ‘बग्ने खोला’ ( भिडीयो सहित)

पोखरा न्यूज , ८ जेठ । 

कलाकार भावना आचार्यको ‘बग्ने खोला’ बोलको गीतले बजारमा चर्चा कमाएको छ । यस अगाडि विभिन्न गीत गाएर सांगीतिक क्षेत्रको यात्रा अगाडि बढाइरहेकी भावनालाई बग्ने खोला गीतले थप चर्चाको उचाईमा पु¥याउन सफल भएको छ । गीत युट्युव अपलोड भएको एक महिना नपुग्दै १२ लाख दर्शकले हेरेका छन् । गीतमा भावनासँगै रामचन्द्र काफ्लेको स्वर छ ।

दीपक शर्माको शब्द र संगीतमा बजारमा आएको लोकपप शैलीको उक्त गीतले अपेक्षा गरेभन्दा बढी चर्चा कमाएको बताउँछिन् आचार्य । ‘बग्ने खोला गीतले दर्शकको अपार माया पाएको छ,’ आचार्यले भनिन्, ‘दर्शकबाट पाएको मायाले निकै उत्साही भएकी छु ।’ गीतको भिडियोमा चर्चित नायिका शिल्पा पोखरेलको अभिनय छ । उनलाई कलाकार दीपक ढकालले साथ दिएका छन् ।

बग्ने खोला बजारमा आएदेखि नै भावनालाई स्टेज कार्यक्रमको अफर समेत आउने क्रम बढेको छ । ‘भिडियो तथा गीत मन पराएर देश तथा विदेशमा आयोजना हुने स्टेज कार्यक्रमको अफर आउने क्रम बढ्दा निकै उत्साही बनेकी छु,’ आचार्यले भनिन्, ‘दर्शकको माया र साथलाई सधैं न्याय गर्नेछु ।’ आगामी दिनमा पनि दर्शकको चाहना अनुसारका गीतहरु गाउने उनको प्रतिबद्धता छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button