गायक युवराज चौलागाईँको ‘तिमी टाढा भयौँ’ सार्वजनिक

पोखरा न्यूज -१५, जेठ ।

नेपाली चलचित्रका पाश्र्व गायनमा राम्रो प्रभाव राखेका गायक युवराज चौलागाईँको आधुनिक गीत सार्वजनिक भएको छ । युवराज चौलागाईँको आधिकारीक युट्युव च्यानलबाट सार्वजनिक भएको गीतमा गायक युवराज चौलागाईँ र अनु शाहलाई फिचर गरिएको छ । ‘तिमी टाढा भयौँ’ बोलको गीतमा चौलागाईकै स्वर तथा संगीत रहेको छ भने शब्द पूजा शाहको रहेको छ ।

राजन इसानको एरेन्जमा तयार भएको यस गितको भिडियोलाई निसान भट्टराईले सम्पादन गरेका छन् । विशाल भण्डारीको निर्देशनमा बनेको भिडियोमा गायक चौलागाईँ र अनु शाहको रोमान्स र जोडि हेर्न लायकको बनेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button