पर्वतमा विद्यालयका छात्रालाई सेनिटरी प्याड

पोखरा न्यूज -१५, जेठ ।

पर्वतको महाशिला गाउँपालिकाले सबै विद्यालयका छात्रालाई सेनिटरी प्याड वितरण गरेको छ ।

महिनावारीका बेला छात्राहरु विद्यालय छाड्न बाध्य हुने गरेको र त्यसले गर्दा पढाइबाट वञ्चित हुनुपर्ने अवस्था थियो । गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले किशोरीको पठनपाठन प्रभावित नहोस् भनेर गाउँपालिकाका आठ मावि तहका विद्यालयका छात्रालाई प्याडको व्यवस्था गर्न थालिएको जानकारी दिए । त्यसका लागि आवश्यक बजेटको व्यवस्थापन गाउँपालिकाले गरेको छ ।

महाशिलामा आठ वटा मावि तहका विद्यालय सञ्चालित छन् । जुनसुकै बेला छात्रा महिनावारी भए पनि तुरुन्तै प्याडको प्रयोग गर्न सक्ने गाउँपालिकाका स्वास्थ्य संयोजक नरबहादुर बरालले जानकारी दिए। यसैबीच पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको आयोजना र गाउँ शिक्षा शाखाको आयोजनामा महिनावारी सरसफाइ दिवस आयोजना गरिएको छ । सो अवसरमा मावि तहका छात्राबीच महिनावारी सरसफाइबारे वक्तृत्वकला प्रतियोगितासमेत गराइएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button