प्रदेश ४ को दोस्रो अधिवेशन शुरु

पोखरा न्युज- १६ जेठ  ।

प्रदेश ४ को वर्षे अधिवेशन आजदेखि  शुरु भएको छ ।

प्रदेश ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले पठाउनुभएको अधिवेशन आह्वानसम्बन्धी पत्र उपसभामुख सृजना शर्माले सदनमा पढेर सुनाएकी थिइन। अधिवेशनमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेश आकस्मिक कोषसम्बन्धी प्रस्ताबलाई कार्यान्वयन गर्न बनेको विधेयक र प्रदेश आर्थिक कार्यविधि संशोधनका लागि संसद्मा प्रस्तुत गरेका थिए ।

आजकै बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले स्थानीय तहको कानून निर्माण प्रक्रियासम्बन्धी विधेयक पेश गरेका थिए  ।

आजको बैठकमा सैद्धान्तिक छलफलमा भाग लिने प्रदेश सभा सदस्यहरुले कानून निर्माण गरेर तत्काल कार्यान्वयन गर्नुको विकल्प नभएकामा जोड दिएका थिए ।

बैठकमा मायानाथ अधिकारी, कृष्णचन्द्र पोख्रेल नेपाली, रोशन गाहा मगर, दोवाटे विश्वकर्मा, पियारी थापा, हरिशरण आचार्य, मीनप्रसाद गुरुङ, ललितकला गुरुङ, कृष्णबहादुर थापा, धनमाया लामा पोख्रेल, मेखलाल श्रेष्ठ, विनोद केसी लगायतले बोलेका थिए  ।

बैठकले मेडिसिटी अस्पताल ललितपुरमा उपचाररत प्रदेश नं ४ का सभामुख नेत्रनाथ अधिकारी तथा ग्राण्डी अस्पतालमा उपचार गराई रहेका  प्रदेश सभा सदस्य टेकबहादुर घर्तीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको थियो । बैठक उपसभामुख सिर्जना शर्माले सञ्चालन गरेकी थिइन ।

अर्को बैठक जेठ १७ गते बिहीबार दिउँसो ४ बजे बस्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button