सेवाग्राहिलाई टोकन सिस्टमबाट सेवा दिने तर सेवाग्राहि उभिन नपर्ने : मन्त्री बस्नेत
पोखरा न्युज -०५, असार।
देश संघिय संरचनमा प्रबेस गरेसंगै प्रदेश नम्बर ४ को सरकारले नयाँ आर्थिक बर्ष २०७५/०७६ को साउन एक गते देखि सवारी कर संकलन गर्ने भएको छ । दुई पाङग्रे सवारी साधन प्रयोगात्मक परिक्षा स्थलको आज (मंगलबार) एक समारोहका बिच पोखरामा समुदघाटन गर्दै प्रदेश ४ का भौतिक पुर्वाधार तथा विकास मन्त्री रामशरण बस्नेतले साउन एक गते देखि सवारी गर प्रदेश सरकारले संकलन गर्ने बताएका हुन्।
उनले भने “ देश संघिय संरचनमा प्रबेस गरेसंगै हामीले साउन एक देखि यातयात व्याबस्था कार्यालय गण्डकी एवं यातयात व्याबस्था कार्यालय सवारी चालक अनुमतिपत्र गण्डकी शाखाको सम्पुर्ण कर प्रदेश सरकारले संकलन गर्ने छ, हामी कर मात्रै संकलन गर्दैनौं, जनतालाई छिटो छरितो ढंगले सेवा दिने गरी हामीले सेवाग्राहीहरुलाई उभिन नपर्ने गरी टोकन सिस्टम समेत लागु गर्ने भएका छौं । ” परिक्षार्थीहरुलाई उनले राम्रोसंग प्रशिक्षण गरी लाईसेन्स लिनको लागि प्रकृया अघि बढाउन आग्रह गर्दै कुनै कर्मचारी, विचौलीया र कसैको भन सुनका आधारमा काम नगर्न सुझाव दिदै अनियमित ढंगले काम गर्ने जो कसैलाई सरकारले नछाड्ने मन्त्री बस्नेतले चेतावनी दिएकाछन्। सरकारी निकायमा धेरै ठाँउमा जनताहरुले घण्टौंसम्म उभियर सेवा लिनुपर्ने बाध्यतालाई यही साउन एक गते देखि अन्त्य गर्ने दाबी गर्दै मन्त्री बस्नेतले एक घण्टा वा दुई घण्टा लागे पनि सेवाग्राहिहरु आफ्नो सिस्टममा बसेर सेवा लिन आग्रह गरे।
उनले भने “ धेरै बर्षदेखि यातयात जस्तो क्षेत्रमा अनियमितता रहेको छ, अब हामीले यसलाई पुर्ण रुपमा रोक्छौं, नयाँ ढंगले सेवा दिने र लिने वातावरण मिलाउछौं, विचौलीयाको अन्त्य गरी भ्रष्टचारलाई रोक्दै कर्मचारीलाई मर्यादित बनाउछौं । ” कर्मचारीले हिजोको जस्तो रवैयाको अन्त्य गरी जनतालाई सर्वपरि ठाँनी काम गर्न निर्देशन दिदै मन्त्री बस्नेतले कसैले अनियमित ढंगले काम गर्न खोजे प्रदेश सरकार समक्ष उजुरी गर्न आग्रह गरे । यातयात व्याबस्था कार्यालय परिसरको पश्चिम क्षेत्रमा रहेको सार्वजनीक स्थानमा उक्त नयाँ प्रयोगात्मक परिक्षा स्थल निमार्ण गरिएको यातयात व्याबस्था कार्यालय सवारी चालक अनुमतिपत्र गण्डकीे पोखराका प्रमुख तेज नारायण यादवले बताए । लाईसेन्स दिनको लागि हरेक दिन जसो आवेदन खुल्ला रहेकोले राम्रोसंग प्रशिक्षण गरेर आत्मविश्वासका साथ ट्याल दिन आउनको लागि उनले आग्रह गरे । गण्डकी क्षेत्रमा हाल दुई लाखको हारीहारीमा सवारी साधनहरु रहेको यातयात व्याबस्था कार्यालय गण्डकीका प्रमुख अच्यूत रेग्मीले बताए ।