पोखरा न्युज ०८, असार ।
समाजसेवी पार्बती गुरुङले आफ्नो स्व. पिताको स्मृतीमा अर्जुन चौपारी गाउँपालिका वडा नं ६ स्याङ्जाको दरौ माबिमा १ लाख ५ सयको अक्षयकोष स्थापना गरेका छन् ।
शुक्रबार एक औपचारिक कार्यक्रमका बिच ब्रिटिश सेनाका पुर्व स्टाफ सार्जन स्व. निलबहादुर गुरुङको स्मृतीमा छोरी पार्बती तथा ज्वाई जुम प्रसाद गुरुङले उक्त १ लाख ५ सय अक्षयकोष रकम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गंगा प्रसाद अर्याल र प्रध्यानाध्यापक गुरु प्रसाद पौडेललाई हस्तान्तरण गरेसँगै अक्षयकोष स्थापना गरेका हुन् ।
सोही अबसरमा बोल्दै गरुङले आगामी दिनमा अक्षय कोषको रकम बढाउदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।उनले २०७२ सालमा सोही बिद्यालयमा आफ्ना ससुरा स्व. गज बहादुर गुरुङको स्मृतीमा १५ लाख ३० हजार रुपैयाको लागतमादुई कोठे पक्की भवन निर्माण गरेको बताउदै सो अक्षयकोषको ब्याजबाट भवनको मर्मत संभार गर्नमा खर्च गरिने बताए ।
केही बर्षमा अक्षय कोषको रकम बृद्धि गरेपछि उक्त रकमको ब्याजबाट हरेक बर्ष बिद्यालयबाट सर्बाेत्कृष्ट बन्न सफल बिद्यार्थीलाई छात्रबृति प्रदान गर्ने समेत बताए । आफ्नो परिवार बेलायतमै बस्ने गरेको भएता पनि आफु जन्मेको र बाल्यकाल बिताएको दरौ गाउँको बिकासमा सदैब सहयोग गर्न तैयार रहेको गुरुङले बताए ।
आफ्नो गाउँको बिकास आफै गर्नुपर्छ, उनले भने गाउँ समृद्ध बने जिल्ला बन्छ, जिल्ला बने प्रदेश बन्छ अनि प्रदेश बने सिङ्गो नेपाल समृद्ध बन्छ ।उनले भबिष्यका कर्णदार भनिने बिद्यार्थी बालबच्चाहरुलाई पढ्ने बाताबरण सहज हुनुपर्ने भन्दै भवननिर्माण गर्न सहयोग गरेको बताए । बिद्यार्थीहरुलाई आवश्यक पर्ने आधारभुत आवश्यकताहरु हरेक अबिभावकले पुरा गर्नुपर्ने उनको भनाई थियो ।
यसैगरी अक्षयकोष ग्रहण गर्दै बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष गंगा प्रसाद अर्यालले सहयोगी दाता पार्बती गुरुङको परिवारलाई धन्यवाद दिनकुनै शब्द नभएको बताए ।
उनले बिद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न र भौतिक पूर्वाधारहरु निमार्ण गर्न निकै ठुलो योगदानी भुमिका खेलेको उल्लेख गरे । उनले भने पार्बती गुरुङ र उनको परिवारबाट अन्यपरिवार पनिप्ररित हुनुपर्ने र उदाहरण लिनुपर्ने समेत बताएका थिए ।अर्यालका अनुसार सो बिद्यालयमा हाल ३ सय बढि बिद्यार्थीहरु अध्ययनरत छन ।





