पोखरामा उज्यालो बजारमा आगलागी हुदा दृष्टिबिहिन व्यवसायी बेरोजगार

पोखरा न्यूज -१३, असार ।

पोखरामा दृष्टिविहीन्हरुले सञ्चालन गरेको ‘उज्यालो बजार’ मा गत जेठ २५ गते आगलागी भए पछि उक्त ठाँउमा व्यावसाय गर्ने दृष्टिविनहरु हाल बेरोजगारी भएका छन्। सकि नसकी ऋण धन गरेर व्यवसाय संचालन गरेका उनीहरुको बजारमा एकाएक आगो लागी भएसंगै उनीहरु हाल बेरोजगार भएको एक व्यवसायी सुर्य प्रसाद भट्टराईले बताए ।

आगलागी भएको बिषयलाई लियर घर धनि र प्रतिष्ठनका पदाधिकारी बिचको बिबाद हुदा त्यहाँका दृष्टिविहिन व्यवसायी मारमा परेको भट्टराईले गुनासो गरे । उनले भने “ घरधनि र प्रतिष्ठानका पदाधिकारीहरु बिचको आरोप प्रत्यारोपले आफ्नो व्यवसायमा ठुलो असर परेको छ, हामीले ऋण धन गरी संचालन गरेको व्यवसाय हाल पुर्ण रुपमा जलेर नष्ट भएको छ, हाम्रा केहि दृष्टिविहिन साथीहरु पहिलाकै अबस्थामा सडकमा गित गायर गुजरा चलाउन लागेका छन्। ”

उज्यालो बजारमा आगलागी हुदा आफुले संचालन गरेको गुडिया पसल जलेर नष्ट हुदा करिब २२ लाखको सामान नष्ट भएको उनले दाबी गरे । हाल दैनिक चलाउनै मुस्किल भएको गुनासो गर्दै उनले उचित क्षेतिपुर्तिको माग गरे । आफु ऋणी भएर पनि हाल आगलागी भएको कारणले गर्दा बेरोजगार भएको उनले गुनासो गरे । भट्टराई जस्तै अर्को दृष्टिविहिन अनिल ढुंगनाको पनि उस्तै कथा व्यथा छ, ऋण धन गरी करिब ७ लाखमा एक बर्ष अघि देखि उज्यालो बजारमा कस्मेटिक पसल संचालन गरे पनि हाल आगलागीबाट मानसिक तनाव व्यहोर्दै बेरोजगारी भएको उनले सुनाए ।

त्यसै गरी आगलागीबाट शिवराज अधिकारी, रमेश पौडेल, जित कुमार बराल, सोनिया तामाङ, अजय तामाङ, राजकुमारी ढूंगनाले पोखराको सिद्धार्थचोक उज्यालो बजारमा संचालन गरेको व्यवसाय आगलागीबाट क्षेति पुगसंगै हाल उनीहरु रहात पाउने आसामा रहेकाछन। दृष्टिविहिनहरुलाइ लक्ष्ति गरी एक बर्ष अघि संचालनमा आएको उक्त बजारमा १६ जना दृष्टिविहिनहरुले व्यवसाय सुरु गरे पनि हाल ९ जनाले मात्र व्यावसाय संचालन गर्दै आएको प्रतिष्ठानका उपाध्यक्ष लक्ष्मण सुवेदीले बताए । प्रतिष्ठानका अध्यक्ष पार्वती कुमारी शर्माले बिद्युत सर्ट भई बजारमा आगलागी हुदा दृष्टिबिहिनका पसल सहित करिब २ करोडको क्षेति भएको दाबी गर्दै आएकीछन। घर धनि राजेसराज पराजुली र कृष्ण पराजुलीले प्रतिष्ठानका अध्यक्ष शर्माले आफ्नो सहित केहि व्यवसायहरुको बिमा गरेकोले बिमाबाट रकम अशुल्न आगलागी गरेको आरोप लगाएका छन्।

घरधनि पराजुलीले भने “ बिद्युत सर्ट हुने त्यहा कुनै आधार छैन, नेपाल बिद्युत प्राधिकरणको प्राविधिक टोलीले समेत बिद्युत सर्ट भएकै कारण आगलागी नभएको जनाएको छ, बिमाको रकम अशुल्ने नियतले आगलागी गरेको हुन सक्छ । ” प्रतिष्ठानका अध्यक्ष शर्माले आफुले कुनै हालतमा यस्तो गर्न नसक्ने दाबी गर्दै यदि कसैले आफुबाटै नियतवस आगलागी भएको पुष्टि गरेमा जस्तोसुकै कारवाही भोग्न र कानुनि कठघरामा उभिन तयार रहेको बताईन। अध्यक्ष शर्माले जेठ २५ गते को दिनमा बजार भित्र रहेको स्टोर रुमबाट महत्वपुर्ण सामानहरु निकालेको घरधनि पराजुलीले दाबी गरे । आफुहरुले छानविनको लागि कानुनि उपचारमा जाने यदि दोषि जो कसैलाई देखेको खण्डमा उसबाट सम्पुर्ण दृष्टिविहिनहरुको क्षेतिपुर्ति अशुल्ने उपाध्यक्ष सुवेदीले जनाए ।

गत भदौबाट सञ्चालनमा आएको उज्यालो बजारमा ६० वटा सटर रहेकाछन् । जसमध्ये ३० वटा सटर दृष्टिविहिन्हरुद्वारा सञ्चालित थिए बिचमा राम्रो व्यवसाय नभएका कारण केहि दृष्टिविहिनहरुले छाडेका थिए । उक्त बजारको प्रतिष्ठानले करिब एक करोड ५० लाखको बिमा गरेको श्रोतले जनाएको छ । यस बिषयमा जिल्ला प्रहरी कार्यालय कास्कीमा दुबै पक्ष घर धनि र प्रतिष्ठानले उजुरी दिए पछि प्रहरीले अनुसन्धान जारी राखेको कास्कीका प्रहरी प्रमुख एस.पी. ओमबहादुर रानाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button