पोखरा – १७ मा ढल सहितको पक्कि सडक निर्माण

पोखरा न्युज -१४, असार ।
पोखरा लेखनाथ महानगरपालिकाका – १७ स्थित मुनाल मार्गमा ७० लाख ८१ हजार २५५ रुपैयाको लागतमा पक्कि सडक सहित ढल निर्माण कार्य सम्पन्न भएकोछ ।

हिमालय आँखा अस्पताल घारीपाटनको मुख्य प्रवेशद्धारदेखि एसओएस हर्मन माईन विद्यालयसम्मको चार सय ५५ मिटर लम्वाई र छ मिटर चौढाईको कालोपत्रे सडक सहित छसय ५५ मिटर ढल निर्माण गरिएको हो ।

महानगर क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाख रुपैया र २१ लाख २४ हजार ४०० रुपैया स्थानीय जनसहभागिता परिचालन गरि निर्माण सम्पन्न गरिएको बाटो उपभोक्ता समितिका कोषाध्यक्ष गोमा श्रेष्ठले जानकारी दिए ।

बाटो र ढल निर्माणका लागि एसओएसबाट पाँच लाख रुपैया, अन्तराष्ट्रिय पर्वतीय संग्रहालयबाट दुई लाख ५० हजार र हिमालयन आँखा अस्पतालबाट दुई लाख आर्थिक सहयोग प्राप्त भएको बताउँदै उनले सो क्षेत्रमा बर्षाको भल पानीको समेत दिर्घकालीन निकासको व्यवस्था भएको बताए ।

पोखरा लेखनाथ महानगरपालिका – १७ का अध्यक्ष तिर्थ अधिकारीले सो निर्माण सम्पन्न गरिएको ढल सहितको पक्कि बाटो आज आयोजित एक समारोहका बीच उद्घाटन गर्दै विकास निर्माण कार्य एकद्धार प्रणालीबाट गरिनु पर्नेमा जोड दिए ।

तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्न उपभोक्ता समिति लाग्नु पर्ने उल्लेख गर्दै उनले वडास्तरबाट सडक र खानेपानीलाई पहिलो प्राथमिकतामा राखिएको बताए ।

महानगर कार्यपालिका सदस्य राधिका योगी र समाजसेवी तोयनाथ लम्सालले स्थानीयको सकृयतामा हुने कुनै विकास निर्माण कार्य समयमा सम्पन्न हुने विश्वास व्यक्त गरे ।

मुनालमार्ग उपभोक्ता समितिका अध्यक्ष रघुनाथ लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा उपभोक्ता समितिका सदस्य उदय बहादुर केसीले स्वागत र सचिव चन्द्रमाया गुरुङले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button