पोखराको ट्राफिक व्यास्थापनको लागि भौतिक पुर्वाधारसंगै व्यक्तिमा परिवर्तन आउनुपर्नेमा जोड

पोखरा न्यूज -१४, असार।
पोखराको ट्राफिक ब्यबस्थापनको लागि भौतिक पुर्वाधारसंगै व्यक्तिमा परिवर्तन हुनु पर्ने बिहिबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन्। नेपाल यातयात स्वतन्त्र मजदुर संगठन नगर बस ईकाई समिति र अखिल नेपाल यातयात मजदुर संघ नगर बस ईकाई समिति कास्कीको संयुक्त रुपमा विहिबार आयोजना भएको ट्राफिक व्याबस्थापन सम्बन्धि अन्तरकृया कार्यक्रममा वोल्ने सरोकार वाला निकायका पदाधिकारीहरुले उक्त कुरामा जोड दिएका हुन्।

पोखरामा जेब्रा क्रसिङ, पार्किङको ब्याबस्था, ट्राफिक सिग्नल, सडक विस्तार सहित भौतिक पुर्वाधार निमार्ण गरेसंगै पोखराको ट्राफिक ब्याबस्थापनमा हरेक व्यक्तिमा ट्राफिक सम्बन्धि सकरात्मक परिवर्तन आउनु पर्ने कार्यक्रमका वक्ताहरुले जोड दिएका हुन्।

कास्कीका प्रहरी प्रमुख एस.पी. ओमबहादुर रानाले काठमाण्डौं भन्दा पोखरामा धेरै कम दुर्घटनाहरु हुने गरेको बताउदै पोखरामा ट्राफिक ब्याबस्थापनको लागि हरेक व्यक्तिहरुले ट्राफिक सम्बन्धि सचेत भएर नियमको पालना गर्नुपर्ने बताएका छन्। उनले आफुले सवै प्रहरी र ट्राफिक प्रहरीहरुलाई जनताहरुसंग मिठो वोल्न निर्देशन दिएको उल्लेख गरे । प्रहरीले यातयात मजुदर माथि दुरव्यवहार गर्ने गरेको वोलिचालीमा नम्रना नभएको भन्ने मजदुरले गरेको गुनासो प्रति एस.पी. रानाले यदि कसैले आम जनता समक्ष प्रहरीले दुरव्यवहार गरेमा वा डर धम्की दिएमा तत्काल प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरेकाछन। पोखरा अन्तराष्ट्रिय पर्यटकीय केन्द्र भएकोले यहाँको ट्राफिक ब्याबस्थापनमा आफुहरुले सकरात्मक प्रभाव पार्ने गरी काम गर्न खोजेको उनले बताए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पोखरामा ट्राफिक ब्याबस्थापनमा पार्किङ मुख्य समस्या रहेको उल्लेख गर्दै बसहरुले जथभावी रुपमा रोक्ने र यात्रु् झार्ने गरेको दाबी गरे । पोखराको मास्टर प्लान अनुसार ट्राफिक ब्याबस्थापन गर्नुपर्नेमा जोड दिएका उनले पोखरामा कम्तिमा एउटा नमुना आकासेपुलको सुरुवात गर्नुपर्ने समय आएको जनाए । सवारी चालकहरुको बढी लापरवाहीको कारणले सडक दुर्घटना हुने गरेको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख ऐन बहादुर मल्लले बताए । व्याबसायिहरुको अस्वस्थ्थ प्रतिष्प्रर्धाले गर्दा पोखरामा थप ट्राफिक जाम हुने गरेको उनको भनाई थियो । मजदुर संगठनका अध्यक्ष कृष्ण गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिफन्ट प्रदेश नम्बर ४ का अध्यक्ष रुद्र खत्री, मजदुर नेता गोपाल सिंङखडा, बिष्णु बहादुर खत्री लगायतले प्रहरी प्रशासनले मजदुर माथि अभद्र व्यावहार गर्दै आएको आरोप लगाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button