एक साता देखि बेपत्ता अधिकृत पौडेल अझै भेटिएनन्

खोजी कार्यमा जुट्न महानगरको आव्हान

पोखरा न्यूज -१६, असार।

बिगत ८ दिन देखि सम्पर्क बिहिन भएका पोखरा लेखनाथ महानगरपालिका कार्यालयका बरिष्ठ अधिकृत ओमराज पौडेल अझै भेटिएका छैनन्।अधिकृत पौडेलको खोजी कार्यमा सबै जुट्न पोखरा लेखनाथ महानगरपालिका कार्यालयले शनिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी आव्हान गरेको छ ।

पौडेलको घर परिवार, महानगरपालिका, जिल्ला प्रहरी कार्यालय कास्की सहित सिंगो कास्कीको सुरक्षानिकाय खटिदा पनि उनको बारेमा हालसम्म कुनै जानकारी प्राप्त नभएको पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसीले जनाए ।

प्रमुख जिसीले पौडेललाई काममा प्रेसर दिएका कारण घट्ना घटेको भन्ने आरोप तथ्यहिन भएको दाबी गरे । यसअघी नेपाली कांग्रेस र स्थानिय तह कर्मचारी युनियन नेपालले विज्ञप्ती निकाल्दै महानगरपालिकामा काममा परेको दवाब र टर्चर दिदा घट्ना घटेको आरोप लगाएको थियो । मेयर जिसीले अधिकृत पौडेल बेपत्ता भएको बिषयमा आफुहरु गम्भिर भएको बताउदै उनी बेपत्ता हुनुमा महानगरपालिका र आफुहरु कुनै कारणले पनि दोषि नरहेको प्रष्ट्याएका छन्। । उनले भने, ‘हाम्रो सामाजिक शाखा प्रमुख पौडेलको खोजीमा हामीले सबै शक्ति लगाएका छौं, अझै पनि सबै मिलेर खोजी गरौं ।’

पौडेलले घरमा लेखेर छाडेको चिटको आधारमा उनले आत्महत्या गरेको हुन सक्ने आशंकामा सेती नदी वरपर खोजी कार्य केन्द्रीत गरिएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओमबहादुर रानाले बताए । सेतीमा हामफालेको भनिएको असार ९ गते बिहान सवा ५ बजे ओमराज पौडेल महेन्द्रपुल चोकबाट पुलतर्फ गएको सिसी टिभीमा समेत देखिएको र हामफालेको लगभग समय मिलेकोले पौडेल सेतीनदीमै हाम फाँलेको हुन सक्ने प्रहरीको दाबी छ । कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक रविन्द्रमान गुरुङले पौडेल महेन्द्र पुलको मुख्य चोकबाट महेन्द्र पुलसम्म गएको देखिएको र पछि फर्किएको नदेखिएकाले उनले नै हामफालेको हुनसक्ने बताए । पौडेल बेपत्ता हुनुअघी ३ वटा नम्बरमा बारम्बार सम्पर्क भएको प्रहरीले जनाएको छ। एक जना महिला र २ जना पुरुषले उनीहरुसंग बारम्बार सम्पर्क गर्ने गरेको प्रहरीले बताएको छ । पौडेलले घर छाडे लगत्तै चितवन निवासी एक महिलाले ६८ पटक मोबाइलमा मिस्डकल गरेको तर उनले प्रयोग गरेको मोबाइल स्विच्डअफ रहेको डिएसपी गुरुङले बताए । त्यस्तै पोखरा छोरेपाटनका एक जना पुरुष र झापाका अर्का एक पुरुषले अघिल्लो दिनदेखी घट्ना घटेको दिनसम्म पनि बारम्बार सम्पर्क गर्ने गरेको उनले बताए । यस बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । पौडेलका आफन्त अघिल्लो शनिबार बिहान देखि निरास हुदै उनको खोजी कार्यमा जुटेका छन तर पनि कुनै सवुत नभेटे पछि घटना रहस्यमय भएको गुनासो गरेका छन्। सेतिनदीमा हाम फालेर कतै अड्केको हुन सक्ने आंशकामा सेतीनदीको पानीको वहाव समेत बढाइएको थियो तर त्यसबाट पनि कुनै प्रमाण भेटिएन ।

स्थानिय शान्ति श्रेष्ठले शनिबार बिहान एक व्यक्ति फोहोर फालेसरी महेन्द्रपुलको बिच भागबाट बेपक्ता भएको बताईन । उनले भनिन “ म बिहानै उठेर दाँत माज्दै महेन्द्रपुलतर्फ हेर्दै गर्दा एक व्यक्तिले फोहोर फाल्न गएसरी महेन्द्रपुलको बिच भागबाट हरायो, केहि सेकेण्डमै एक किसिमको आवाज आयो, त्यस पछि घर परिवारलाई खबर गरी हामीले प्रहरीलाइ जानकारी गराएका हौं । ” हरियो रंगको कपडा लगाएको एक व्यक्ति हाम फालेको उनले बताईन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button