पोखरा ८ एयरपोर्टमा स्कुटर दुर्घटना हुँदा २ जना घाइते

पोखरा न्यूज -२६, असार ।
पोखरा लेखनाथ महानगरपालिका – ८ एयरपोर्टमा स्कुटर अनियन्त्रीत भई दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

पोखराको रत्नचोकबाट यातायात कार्यालय तर्फ जादै गरेको ग ७ प ४९३८ नम्बरको स्कुटरलाई नम्बर नखुलेको ट्याक्सीले साईड च्यापेर हिड्दा स्कुटर अनियन्त्रीत भइ दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा स्कुटर चालक म्याग्दीको रघुगंगा गाउपालिका – ७ पिप्ले घर भई हाल पोखरा – ७ गण्डकी मेडिकल कलेज पछाडी बस्दै आएका ४५ बर्षीय थान बहादुर भण्डारी र स्कुटरको पछाडी सवार छोरी १९ बर्सिए मंगला भण्डारी रहेको प्रहरी नायव उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए ।

घाइते दुबैको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्याक्सीको खोजिकार्य भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button