पोखरामा दाताबाट नयाँ घर पाएसंगै बृद्धा तथा अपाङग महिला खुसी

पोखरा न्यूज -३०, साउन । 

जिर्ण घर । जसमा एक बृद्धा आमा । लौरोको साहारमा हिड्ने गरेकी ९२ बर्षिया आमा । त्यती मात्र के कुरा बृद्धा आमाकै ५७ बर्षिया अपाङग छोरी । जग्गा जमिन तथा सम्पतिको नाममा दुई आना जग्गा पोखरा महानगरपालिका १९ स्थित याम्दीपुल पारि झाडीको बिचमा । न त पानीको सुविधा, नत बिद्युत, यातायात भनेको झनै टाडाको कुरा याम्दीबाट झोलुङले पुलको सहायताबाट झाडी हुदै करिब ५ मिनेटकै यात्रामा पुगिन्छ तर पनि महानगरपालिका भित्र यस्तो परिवार हुनुले महानगरपालिकालाई थप चुनौती देखिन्छ ।

तर पनि केहि अभियान्ताको साथले आज त्यो बृद्धा तथा अपाङग परिवारले नयाँ घर पाएको छ। उक्त घर पाएसंगै ९२ बर्षीया बुद्धि माया विक, उनीकी ५७ बर्षीया अपाङगता भएकी छोरी मसिनि विक यति बेला निकै खुसि छन। याम्दीपुल पारि अपाङग तथा बृद्धा उक्त परिवारलाई विदेशी तथा स्वदेशी विभिन्न दाता तथा संघ संस्थाको सहयोगमा हालै निमार्ण गरिएको घर बुधबार हस्तान्तरण गरिएको छ ।

विक परिवरलाई ताइवानि नागरिक विवि, पोखरा १९ का वडा सदस्य कृष्ण प्रसाद गौतम, अभियान्ता सरु सुनुवार र किशोर सुनुवारले दुई कोठे पक्की घर हस्तान्तरण गरेका हुन। जस्ताले छाएको तर पक्की दुई कोठे उक्त घर निमार्णको लागि ६ लाख ८० हजार खर्च लागेको अभियान्ता तथा संचारकर्मी समेत रहेकी सरु सुनुवारले बताइन। उनका अनुसार आफ्नो अभियानमा ताइवानि नागरिक विविले गर्दा आफुहरुको सपना छिट्टै पुरा भएको हो ।

ताइवानी नागरिक विविले उक्त अभियान सफल पार्न ५ लाख ३० हजर रुपैया ४८ जना ताईवानि नागरिकहरुबाट संकलन गरी अभियन्ता सरुलाइ दिएकोे विविले बताइन। उनले भनिन“ हामी मानवताको नाताले गर्दा दुई महिला जस मध्य एक बृद्धा अर्काे अपाङग यस्तो अवस्थाका नेपालीलाई हामीले सानो सहयोग गर्न पाउनु ठुलो कुरा हो । ” वैदेशीक रोजगार शाखा तथा प्रतिनिधि संरक्षण संघ पोखराबाट ८० हजार सहयोग प्रदान गरिएको संघका पुर्व सचिव जगत मोहन गिरीले बताए । हर्क कुमार राई हङकङबाट ३२ हजार, डिल माया गुरुङबाट ३१ हजार ५ सय १५ त्यसै गरी विभिन्न दाताबाट संकलित रकमबाट उक्त घर निमार्ण कार्य सम्पन्न भएको अभियान्ता सरु सुनुवारले बताइन।

उक्त घर निमार्णको क्रममा विक परिवरलाइ तीन महिना भाडामा राखेर घर निमार्ण कार्य सकिए लगत्तै नयाँ घरमा बस्ने ब्यबस्था मिलाईएको हो । उद्यपि अपाङ र जेष्ठ नागरिक भएको उक्त घर तत्काल भने अपाङग मैत्रि निमार्ण भएको देखिदैन । जग्गा नमिलेको कारण २ आनामा उक्त घर निमार्ण गदा अपाङक मैत्रि बनाउन कठिनाई परेको बताइन्छ । यातयात र पानीको मुख्य समस्या रहेकोले उक्त घर बनाउदा ज्यालामा बढी खर्च भएको हुन सक्ने समाजसेवी शान्त शर्माले बताए । उक्त घरको चावी बुझदै बृद्धा बुद्धि माया विकले घरु निमार्ण कार्यमा जुट्ने सम्पुर्णमा धन्यवाद दिदै अब आफुहरु त्यही घरमा बस्ने बताइन। बृद्ध विकका एक जना छोरा भए पनि उनी पनि आफ्नै परिवार धान्नको लागि जैमुरेम अर्कोको घरमा भेडबाख्रा चराउने गरेको बताइन ।

विककी छोरी चार खुट्टाले हिड्छिन भने राम्रोसंग बोल्न समेत नसक्ने अवस्थामा छिन। वडा सदस्य गौतमले पिउने पानीको ब्यवस्था मिलाउने बताउदै उक्त घर निमार्ण गर्दा पहिला नै आफुहरुलाई जानकारी भएको भए आफुहरुले थप सहयोग गर्ने दाबी गरे । संघका नारायण पोख्रलले आफुहरुले सामाजिक कार्य गर्दै आउने क्रममा बृद्धा तथा अपाङगता भएका व्यक्तिको आभास निमार्णमा आफुहरुको थोरै सहयोग गरे पनि आगामी दिनमा सहयोगलाई निरन्तरता दिने बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button