पोखराका विभिन्न १० ठाउँमा फ्रि वाइफाई सेवा उपलब्ध हुने

पोखरा न्यूज – १८, भदौ । 

पोखराका विभिन्न १० ठाउँमा फ्रि वाइफाई सेवा उपलब्ध हुने भएको छ । पोखरा महानगरपालिकाले वल्र्ड लिंक प्रालिसँग मिलेर १० ठाउँमा निशुल्क वाइफाई सेवा उपलब्ध गराउन लागेको हो । निशुल्क वाइफाई उपलब्ध गराउने विषयमा महानगरपालिका र वल्र्ड लिंक प्रालिबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र वल्र्ड लिंक प्रालिका सिइओ केशव नेपालले हस्ताक्षर गरे ।

सम्झौतापत्र अनुसार पोखराको विन्ध्यवासिनी मन्दिर, महेन्द्रपुल, वडा नम्बर ५ को चिल्डे«न पार्क, बाराहीघाट, मनिपाल अस्पताल, कोमागाने अस्पताल, डेभिजफल, शिसुवा अस्पताल, बेगनासतालको मन्दरेपार्क र लायन्स सामुदायिक अस्पतालमा निशुल्क रुपमा वाइफाई सेवा उपलब्ध हुनेछ । सामाजिक उत्तरदायित्व अन्तगर्त वल्र्ड लिंकले पोखरा केही ठाउँमा निशुल्क वाइफाई सेवा उपलब्ध गराउन लागेको प्रालिका सिइओ केशव नेपालले बताए ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखरालाई स्मार्टसिटी बनाउने अवधारण अनुसारमहानगरबासीलाई इन्टरनेटमार्फत् घरघरमै सेवा पु¥याउन महानगर लागि परेको बताए । आगामी दिनमा निशुल्क वाइफाई सेवालाई अझ विस्तार गरिने जिसीको भनाइ । वल्र्ड लिंक पोखरा शाखाका प्रमुख युसफ श्रेष्ठले आगामी एक महिना भित्र १० ठाउँमा निशुल्क वाइफाई सेवा उपलब्ध हुने बताए । यसअघि वल्र्ड लिंकले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र पोखरा विमानस्थलमा फ्रि वाइफाई उपलब्ध गराउँदै आएको छ । निशुल्क वाइफाइ सेवा लिमिटेड हुने श्रेष्ठले बताए ।

तीन वर्षको लागि गरिएको सम्झौताापत्रमा वाइफाइ जडानको लागि आवश्यक पर्ने विद्युतको व्यवस्थापन महानगरपालिकाले गर्नेछ । वाइफाइ सेवा सञ्चालनको सम्पूर्ण प्राविधिकको जिम्मा वल्र्ड लिंक प्रालिको हुने र सेवा अवरुद्ध भएका जुनसुकै समयमा पनि महानगरपालिकाले सम्झौता रद्ध गर्ने सक्ने उल्लेख गरिएको छ ।

साथै महेन्द्रपुलस्थित मोबाइल टावरमा रहेको वल्र्ड लिंकको शाखा पनि मेयर जिसीले सोमबार उद्घाटन गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button