पोखरा न्यूज – १४, असोज ।
पोखरा महानगरपालिका – ३३ बाघमारामा जिप दुर्घटना हुदाँ ४ जना घाइते भएका छन् ।
आइतबार बिहान ग १ य ९१८ नम्बरको स्करपिओ जिप दुर्धटना हुँदा जिपमा सवार चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रबक्ता डिएसपी रबिन्द्रमान गुरुङले जानकारी दिए ।
घाइतेको गण्डकी मेडिकल कलेज पोखरा र नमस्ते हस्पिटलमा उपचार भइरहेको डिएसपी गुरुङले बताए । घाइते हुनेमा बर्ष २८ का प्रकाश पौडेल, अन्जित गुरुङ र सुदिप आचार्य तथा बर्ष ४३ का केशब भुजेल रहेको डिएसपी गुरुङले उल्लेख गरे । र उनीहरुको अवस्था सामन्य रहेको बताइएको छ ।
प्रहरीका अनुसार जिप सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।