पोखरा न्यूज – ०७, कार्तिक ।
पोखरा महानरपालिका-१७ पावर हाउसमा बुधवार शव भेटिएको छ ।
पावर हाउस स्थित नहरमा अन्दाजी ३५/४० बर्षीय पुरुषको शव फेला परेको प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।
शव नहरमा पानीमा डुवेको अवस्थामा भेटिएको प्रनाउ पुरीले उल्लेख गरे। उनका अनुसार मृतक व्यक्तिको हालसम्म परिचय खुलेको छैन ।
घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।