व्यक्तिगत सहयोगमा बाग्लुङमा बाल विकास भवन निर्माण हुँदै

पोखरा न्यूज – १३, मंसिर ।

जन्मगाउँका बालबालिका बर्खाका भिज्दै, हिउँदको चिसोमा कठ्याङ्ग्रिदै बाल विकास भवनमा पढेर बसेकोे देखेपछि बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका खर्कबहादुर पुन काउँचाको मन अमिलो भयो ।

खेल्दै सिक्ने उमेरका बालबालिका भौतिक संरचनाको अभावमा सामुदायिक वन नजिकैको छेउमा रहेको एउटा कच्ची कोठामा अध्ययन गर्दै गरेको देखेपछि खर्क बहादुरलाई बालबालिका शारिरीक र मानसिक रूपमा समेत असुरक्षित भएको महसुस गरे । ब्रिटिश गोर्खा इञ्जिनीयरका भूतपूर्व सैनिकसमेत रहेका ६३ वर्षीय खर्कबहादुरले बालबालिकाका लागि सुरक्षित भौतिक संरचना निर्माण गर्ने अठोट लिए ।

परिवारसहित हङकङ बस्दै आएका खर्कबहादुरले रु ३३ लाख लागतमा काठेखोला गाउँपालिका–८ लेखानीमा रहेको कादेश बाल विकास केन्द्रको जग्गामा भवन निर्माण शुरु गरेका छन् । निर्माण गर्न लागिएको चारकोठे पक्की भवनको खर्कबहादुरका भाइ एकबहादुर काउँचाले बुधबार एक कार्याक्रमका बीच शिलान्यास गरेका थिए । ब्रिटिश सेनाबाट अवकाशपछि हङकङमा रहेर नेपालका विभिन्न दुर्गम ग्रामीण भेगका जनताका लागि काम गर्दै आएको कादुरी संस्थामा समेत संलग्न रहेका खर्कबहादुरको एकल सहयोगमा बाल विकासको सुविधासम्पन्न भवन निर्माण हुनेछ । हाल बाल विकास केन्द्रमा १३ बालबालिका रहेको बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button