तनहुँमा रेडक्रसद्वारा अपाङ्गता भएकालाई सहयोग

पोखरा न्यूज -२५ , माघ । 

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तनहुँले अपाङ्गता भएका व्यक्तिलाई रु १३ लाख ७० हजार आर्थिक सहयोग प्रदान गरेको छ । अपाङ्गता भएका व्यक्तिको जीविकोपार्जनका लागि सहयोग र्याउन रेडक्रस सोसाइटीले रिसिङ गाउँपालिका–७ कोटदरवार र रानीपोखरीका अपाङ्गता भएका व्यक्तिलाई आर्थिक सहयोग प्रदान गरेको हो ।

कोटदरबारका ८१ र रानीपोखरीका ५६ लाई जनही रु १०-१० हजारको दरले कूल रु १३ लाख ७० हजार सहयोग प्रदान गरिएको सोसाइटीले जनाएको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको समन्वयमा सञ्चालित ‘नेपालमा भूकम्प प्रभावित समुदायमा रहेका अपाङ्गता भएका व्यक्तिको लागि सशक्तीकरण र समावेशीकरण कार्यक्रम’अन्तर्गत उनीहरुको जीविकोपार्जनका लागि सहयोग गरिएको जनाइएको छ ।

रेडक्रस सोसाइटीले यसअघि भानु नगरपालिका–१३ का ४३ लाई रु चार लाख ३० हजार र व्यास नगरपालिका–८ का ३७ लाई रु तीन लाख ७० हजार सहयोग गरिसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button