पोखरा न्यूज – १६, फागुन ।
पोखरामा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन् । ठक्करपछी आगलागि भई मोटरसाइकल जलेर पूर्ण रुपमा नष्ट भएको छ ।
पोखरा- ११ फुलबारी भानूमार्गमा विहीबार ग २ च ७२१७ नम्बरको जिपले ग १४ प ४६२ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक पोखरा -१० बुद्दचोकका १८ बर्षीय हेमनारायण काफ्ले घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते काफ्लेलाइ उपचारको लागि मणिपाल अस्पताल पोखरा लगिएको चार नम्बर प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए ।
प्रहरीले जिप र जिप चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको जनाएको छ ।