पाल्पामा च्याउ खाँदा बालिकाको मृत्यु, १० जना बिरामी

पोखरा न्यूज – २६, जेठ । पाल्पाको निस्दी गाउँपालिका–३ कार्कीडाँडामा जङ्गली च्याउ खाँदा एक बालिकाको मृत्यु र १० जना बिरामी भएका छन् ।

जङ्गलबाट च्याउ ल्याई तरकारी बनाएर खाँदा नौ वर्षीया निर्मलासिं ठकुरीको ज्यान गएको प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए  । उनको चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो । च्याउ खाएर बिरामी पर्ने सबै एउटै गाउँका रहेका छन् ।

बिरामी पर्नेमा ४५ वर्षीय पुरन खाम्चा, उनकी  श्रीमती ३६ वर्षीया चनकुमारी, १५ वर्षीया छोरी विमला, ८० वर्षीय प्रेमसिं ठकुरी, ३० वर्षीया दानमायासिं ठकुरी, सात वर्षीय सुमनसिं ठकुरी, धनकुमारीसिं ठकुरी, निशासिं ठकुरी र निरुतासिं ठकुरी रहेका छन् । उनीहरुको नवलपरासी डण्डास्थित मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको छ । चार वर्षीय विष्णुसिं ठकुरीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button