पोखराको फुर्सेखोलामा पौडी खेल्ने क्रममा वेपत्ता भएका युवा मृत फेला

दीननाथ बराल , पोखरा न्यूज २८, जेठ ।  पोखरा १७, दोभिल्ला स्थित फुर्सेखोलामा पौडी खेल्ने क्रममा सोमबार वेपत्ता भएका एक युवाको आज (मंगलबार) शव भेटिएको छ ।

काठमाण्डौ घर भई हाल  चिप्लेढुंगा पोखरा बस्दै आएका १९ बर्षीय संजिव तामाङको पोखरा -३१ बागमारा सितापाइला नजिकको खोलामा शव भेटिएको प्रहरीले जनाएको छ । तामाङको शव  आफन्तले पहिचान गरेसंगै  हाल पोष्टमाटमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानम राखिएको छ ।

आफ्ना साथीहरुसंग पौडी खेल्न फुर्सेखोलामा पुगेका तामाङ सोमबार दिउसो बरिब ४ः३० बजे पौडी खेल्ने क्रममा एकाएक   वेपत्ता भएका थिए । प्रहरी सहितको अन्य सुरक्षाकर्मी एवं स्थानियले उनीको खोजी कार्यमा सोमबार साँझ देखि खोजी कार्य जारी राखेको थियो ।

उक्त घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक गणेश सुवेदीले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button