तनहुँको छिम्केश्वरी मन्दिरको पुनःनिर्माण शुरु

पोखरा न्यूज – २७, असार ।  तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित जीर्ण छिम्केश्वरी मन्दिरको पुनःनिर्माण कार्य शुरु गरिएको छ ।

समुन्द्री सतहदेखि करीब दुई हजार १०३ मिटर उचाइमा रहेको छिम्केश्वरी मन्दिर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मन्दिरको पुनःनिर्माण शुरु गरेको हो । मन्दिरको हाल भुइँ ढलान पश्चात पिल्लर उठाउने कार्य शुरु भएको वडा नं ५ का वडाध्यक्ष पञ्चबहादुर गुरुङले जानकारी दिए मन्दिर निर्माणको लागि यस वर्ष गाउँपालिकाले रु २५ लाख बजेट विनियोजन गरेको छ । रकम अपुग भएका थप्ने योजना रहेको बताइएको छ ।

मन्दिरसँगसँगै वरपर रहेका ठाउँको विकास गरी आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न गुरु योजना बनाइसकेको छ वडाध्यक्ष गुरुङले बताए । आँबुखैरेनी बजारबाट सवारी साधनमा करीब एक घण्टाको कच्ची सडक हँुदै मन्दिर पुग्न सकिन्छ ।

गण्डकी प्रदेश सरकारले सोही क्षेत्रको फेदीबाट मन्दिरसम्म जाने सिँढी र पोखरी निर्माणको लागि रु ४० लाख विनियोजन गरेको वडाध्यक्ष गुरुङले जानकारी दिए । उक्त बजेटबाट ५०० मिटर सिढी निर्माण, १० मिटर लम्बाइ, पाँच मिटर चौडाइ र दुई मिटर गहिरो पोखरी बनाउने तथा मन्दिर वरिपरि मार्बल बिछ्याउने काम सम्पन्न भइसकेको छ ।

मन्दिर नजिकैसम्म गाउँपालिकाले कच्ची सडक निर्माण गरेको छ । यहाँ वर्षेनी फागु पूर्णिमामा मेला लाग्ने गर्छ । छिम्केश्वरी मन्दिरस्थल रहेको छिम्कालेकबाट उत्तरतर्फ मनोरम हिमालका दृश्य देखिनुका साथै लमजुङ, गोरखा, कास्की र चितवनका केही फाँटहरु सजिलै देख्न सकिने हुँदा आन्तरिक एवं बाह्य पर्यटकहरुको गन्तव्यस्थलको रुपमा विकास गर्न लागिएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button