पोखरा पद्म नर्सिङ होम : सञ्चालकको बार्गेनिङले विद्यार्थीको भविष्य अन्यौलमा !

श्याम रानामगर, पोखरा न्यूज – ०२, साउन  । केही दिन यता पद्म नर्सिङ होम र पद्म नर्सिङ होम स्कुल अफ नर्सिङ बिचको विवाद चुलिएको छ ।

पोखराको पुरानो निजि अस्पताल सञ्चालकको विवादले आगामी वर्षको विद्यार्थी भर्ना समेत रद्द हुने खतरा बढेको छ । प्रशासनको विवादले विद्यार्थीको पठनपाठन समेत प्रभावित भएको छ । परिक्षा आउने समयमा विद्यालयमा भएको विवादले विद्यार्थीलाई तनाब सृजना मात्र गरेको छैन, भविष्यको चिन्तासमेत बढाएको छ ।

केही दिन यता कलेज  र अस्पताल प्रशासन बिच चुलिएको विवादले गर्दा कलेजको नियमित कामकारवाही समेत प्रभावित बनेको कलेज प्रशासनले बताएको छ । ‘प्रशासन पक्षको आर्थिक लेनदेनको विषयमा विवाद बढेको हो,’ कलेज प्रमुख इन्दु थापाले भनिन् । अस्पतालमा बिरामीको चाप नहुँदा विद्यार्थीलाई प्राक्टिकलको लागि अरु अस्पतलामा लैजानु पर्ने बाध्यता रहेको उनको भनाइ छ । उनका अनुसार कलेजले अस्पताललाई प्राक्टिकल वापत वार्षिक १० लाख रुपैयाँ बुझाउँने सहमति गरेको थियो ।

मेडिकल काउन्सिलको नियम अनुसार कलेज सञ्चालनका लागि १ सय शैयाको अस्पताल हुनुपर्छ । तर, आफूहरुको  अस्पतालमा भने १ सय शैयाबाट घटाएरु ५० शैयामा पुर्याएको उनले जानकारी दिइन् । ‘कलेज सञ्चालन गर्नका लागि मेडिकल काउन्सिल विधेयक अनुसार १ सय बेड आवश्यक पर्छ । तर, अस्पतालमा भने ५० वटा मात्रै थिए । त्यो पनि घटाएर अहिले २५ मा पुर्याइएको छ,’ कलेज प्रमुख थापाले भनिन्, ‘यसरी त हाम्रा विद्यार्थीले प्राक्टिकल नै गर्न पाउँदैनन् ।’

यस्तै, प्रशासनको आर्थिक लेनदेनको विषयले समेत विवाद बढाएको हो । विद्यार्थीलाई प्रयोगात्मक बापत वार्षिक १० लाख रुपैयाँ बुझाउँने सहमति गरेको थियो । गएको २ वर्ष यता कलेज प्रशासनले सो रकम अस्पतललाई बुझाउँन नसकेको थापाले जानकारी दिएन् । ‘प्रशासन पक्षको आर्थिक लेनदेनको विषयमा समेत विवाद छ,’ उनले भनिन्, ‘गएको २ वर्ष यता प्राक्टिकल बापतको रकम पनि बुझाउँन सकिएको छैन । छिट्टै बुझाउँछौं ।’

थापाका अनुसार प्राक्टिकल बापतको रकममा अस्पतालले असन्तुष्टी जनाउँदै मोटो रकमको माग समते गरेको छ । उनका अनुसार अस्पतालले वाषिर्क ६० लाख माग गरेको छ । कलेजले भने वाषिर्क ४० लाख बुझाउँन सक्ने बताएको छ । ‘तिमीहरुले विद्यार्थीबाट मोटो रकम असुल्ने हामीलाई भने कम रकम बुझाउँने,’ उनले भनिन्, ‘यस्तो भन्नु हुन्छ । हामीले त नेपाल सरकाले तोकेको दरमा विद्यार्थीबाट शुल्क उठाउँने हो नि ।’

विद्यार्थीलाई प्रयोगात्मकका लागि लैजाँदा समेत डाक्टरहरुले अभद्र व्यवहार गर्ने गरेको उनले गुनासो गरिन् । अस्पतालमा बिरामीको चाप नहुँदा विद्यार्थीलाई प्राक्टिकलको लागि अरु अस्पतलामा लैजानु पर्ने बाध्यता रहेको उनको भनाई छ । विद्यार्थीहरुले प्रयोगात्मक बापत शुल्क दिई रहेको तर, अस्पतालले भने केही सुविधा नदिएको उनको आरोप छ ।

यद्यपि अस्पतालले १ सय शैया सञ्चालन गर्न सक्ने अवस्था भने छैन । ‘हामीले त कि १ सय बेड बनाउँनुस् नत्र छुटकारा दिनुस भनेर भनेका छौं । तर, उहाँहरुले छुटकारा दिन पनि अप्ठ्यारो मान्नु भएको छ । खेस्रा लेखेर दिनु भएको थियो । तर, संस्थाको अधिकारीक छाप, लोगो बिनाको पत्रलाई हामीले कसरि आधिकारीक मान्ने ?’ उनले भनिन् । कलेजको अध्यक्षले पनि अस्पतालसँग आधिकारीक पत्रको लागि माग गरेको उनले सुनाइन् ।

यता अस्पताल प्रशासन प्रमुख योगमान शाक्य भने वार्ताका प्रयास भई रहेका र छिट्टै सहमतिमा जाने बताउँछन् । आज बेलुका ६ बजे दुबै पक्ष बिच वार्ताका लागि बोलाइएको उनले सुनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button