प्रहरीद्वारा २५ रोपनी क्षेत्रफलमा लगाइएको गाँजा नष्ट

पोखरा न्यूज – ०६, साउन । प्रहरीले दिपायल सिलगढी नगरपालीका–७ को वनखेतमा २५ रोपनी क्षेत्रफलमा रहेको गाँजा नष्ट गरेको छ ।

प्रहरी निरीक्षक सुरेन्द्रबहादर बमले नेतृत्व गरेको उक्त गाँजा नष्ट गरेको हो । सिलगढी क्षेत्रमा गाँजा खानेको सङ्ख्या बढ्दै गएपछि प्रहरीले गाँजा नष्ट गर्न अभियान चलाएको हो ।

प्रहरी नायब उपरीक्षक लालबहादुर धामी प्रहरीले चलाएको अभियानमा स्थानीयवासीले सहयोग गरिरहेको बताउछन । यसअघि प्रहरीले लडगडा तथा जोरायल क्षेत्रमा १५ रोपनी क्षेत्रफलको गाँजा नष्ट गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button