तनहुँमा निःशुल्क इन्टरनेट सेवा

पोखरा न्यूज – ०८, भदौ ।  तनहुँको व्यास नगरपालिका–३ मा निःशुल्क इन्टरनेट विस्तार गरिएको छ । वडा कार्यालयको सक्रियतामा वडाका केही टोलमा निःशुल्क इन्टरनेटको सेवा विस्तार गरिएको हो ।

यसअघि अनशनलाइनमा मात्र रहेको निःशुल्क इन्टरनेटको सुविधा आजदेखि पराशरटोल, निमचोक र सिर्जनाटोलमा सुविधा विस्तार गरिएको वडासदस्य रविन पौडेलले जानकारी दिए  । पौडेलका अनुसार वल्र्डलिङ्क कम्युनिकेशन प्रालिले सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नै खर्चमा निःशुल्क इन्टरनेटको व्यवस्था गरेको हो ।

साइवर सुरक्षाका कारण इन्टरनेट प्रयोगका लागि मोबाइल नम्बर पठाएर अनुरोध गरेपछि एसएमएसमार्फत पासवर्ड प्राप्त हुने र पासवर्ड प्रयोग गरेर इन्टरनेटको सुविधा लिन सकिने कम्पनीका शाखा प्रबन्धक मनोज मल्लले जानकारी दिए । मादीसेती एफएमको टावरमा डिभाइस राखेर तीन वटा टोलमा निःशुल्क वाइफाइको व्यवस्था मिलाइएको छ । एकैपटक १०० ले प्रतिव्यक्ति दुई एमबीपिएस डाटा बराबरको इन्टरनेट प्रयोग गर्न पाउने गरी वाइफाइको व्यवस्था गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button