पानीमा डुबेर २ बालकको मृत्यु

पोखरा न्यूज – २२, भदौ । अछाममा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको मङ्गलसैन नगरपालिका–७ जना लिबण्डालीको भैसले नजिक पुछेडी खोलामा रहेको तालमा डुबेर दुई बालकको ज्यान गएको हो ।

अछाम प्रहरीका अनुसार ज्यान जानेमा ११ वर्षीय ललित वादी र १२ वर्षीय युकेश दमाइ रहेका छन् । शनिबारको दिन गाउँकै पाँच / छ जना केटाकेटी टोली बिहान बाख्रा चराउन गोठालो गएकामा खेल्ने क्रममा दुईजना पानीमा डुबेपछि मृत्यु भएको घटनास्थल पुगेका अछाम प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक जनकबहादुर शाहीले बताए ।

मृतक दुवै जनाको शवलाई पानीबाट निकालेर जिल्ला अस्पताल अछाममा शव परीक्षणका लागि ल्याइएकोछ ।

यसैबीच : अछामको चौरपाटी गाउँपालिका–५ लुंग्रामा भीरबाट लडेर एक जना बालिका गम्भीर घाइते भएकी छन् । स्थानीय झंकर भुलकी १० वर्षीया छोरी एलिना भुल गाउँ नजिकैको वनमा बाख्रा चराउन गएको अवस्थामा भीरबाट खसेर घाइते भएको उनका आफन्तले बताएका छन् । भीरबाट करीब ५० मिटर तल खसेकी एलिनाको बेहोस् अवस्थामा बयालपाटा अस्पतालमा उपचारको लागि लगिएकोमा त्यहाँ उपचार हुन नसक्दा थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ ।

बालिकाको टाउको, छाति, पेटलगायत शरीरका विभिन्न भागमा चोट लागेको उनका काका रमेश भुलले जानकारी दिए । घाइते एलिना स्थानीय कालिका आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत छिन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button