एन्ड्रोइड १० मा युट्युब म्युजिकले गुगल प्ले म्युजिकलाई प्रतिस्थापन गर्दै

पोखरा न्यूज – ११, असोज । गुगलले एन्ड्रोइड ९ र १० मा म्युजिक प्लेयरका रुपमा युट्युब म्युजिकलाई डिफल्ट एप्लिकेसनका रुपमा अघि बढाउने भएको छ ।

गुगलका अनुसार अहिलेका डिभाइसहरुमा प्रयोग हुँदै गरेको प्ले म्युजिक अब प्रतिस्थापित हुनेछ । युट्युब म्युजिकमा स्मार्ट रिप्लाई, सुधारिएको डिजिटल वेलबिइङ्ग टुल, डार्क थिमलगायतका सुविधाहरु हुनेछन् ।

युट्युब म्युजिकलाई डिफल्ट म्युजिक प्लेयर बनाउने उद्देश्यले गुगलले लोकल फाइल सिस्टममा भएका गीतहरु पनि बजाउन मिल्ने बनाएको छ ।

युट्युब म्युजिकले प्रतिस्थापन गरेसँगै गुगल प्ले म्युजिक चलाउँदै आएका प्रयोगकर्ताहरुले प्ले म्युजिक एन्ड्रोइड प्ले स्टोरबाट डाउनलोड गरेर चलाउन सक्नेछन् ।

गुगलको यस कदम आफ्ना प्रयोगकर्तालाई पैसा तिरेर लिइने सुविधातिर आकर्षित गर्न लिइएको अपेक्षा गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button