आजको राशिफल : असोज १८ गते शनिबार

पोखरा न्यूज – १८ , असोज  । आज वि.सं. २०७६ आश्विन १८ गते शनिबार तदनुसार ई. सं. २०१९ अक्टोबर ०५ तारिख, आश्विन शुक्ल सप्तमी, मूल नक्षत्र, धनु राशिको चन्द्रमा, शोभन योग, वणिज र विष्टि (भद्रा) करण

आजको चाडपर्व र उत्सव : नवरात्रअन्तर्गत कालरात्री भगवतीको पूजा आराधना गर्ने दिन, फूलपाती, नवपत्रिका प्रवेश, सरस्वतीको आह्वान,
आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), कलशचक्र,
भोलिको चाडपर्व र उत्सव : नवरात्रअन्तर्गत महागौरी भगवतीको पूजा आराधना गर्ने दिन, अष्टमी व्रत, गोरखकाली पूजा, महाष्टमी, कालरात्री, नेवारी पर्व कुलक्षिभ्वय,
भोलिको मूहुर्त : दीक्षाग्रहण, कलशचक्र,

आजका लागि अशुभ समय :–
राहु काल : बिहान ०८:५४ देखि १०:२३ सम्म
यमघण्ट : दिउँसो ०१:१९ देखि ०२:४८ सम्म
गुलिक काल : बिहान ०५:५८ देखि ०७:२६ सम्म
काल वारवेला : बिहान ०५:५८ देखि ०७:२६ सम्म र साँझ ०४:१६ देखि ०७:१६ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
शुभ वारवेला : बिहान ०७:२६ देखि ०८:५४ सम्म
अमृत वारवेला : दिउँसो ०२:४८ देखि ०४:१६ सम्म

आज यात्राका लागि पुरुषको नेतृत्वमा उत्तर र पूर्व दिशाको तथा महिलाको नेतृत्वमा आग्नेय (दक्षिणपूर्व) र नैऋत्य (दक्षिणपश्चिम) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा पानी खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

प्रस्तुति – सहप्रा. कृष्णप्रसाद कोइराला

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
पारिवारिक समस्याहरू हल हुनेछन् । आँटेका कामहरू पनि सजिलै बन्नेछन् । समुदायको हितमा राम्रै काम गर्न सकिने छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । कीर्तिमानी काम गर्ने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले साथ दिनेछन् । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । आँटेका काम पनि सजिलै बन्नेछन् । भाग्योन्नतिको समय छ ।
शुभरङ्ग : गाढा पहेंलो वा केशरी
शुभअङ्क : ९
शुभदिशा : पूर्व
इष्टदेवता : धर्मराज
अशुभ रङ्ग : चम्किलो/उज्यालो
अशुभ अङ्क : ४
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ धर्मराजाय नमः
न्यूनतम जापसङ्ख्या : १९
के गर्ने : धार्मिक, सामाजिक र परोपकारी काम
के नगर्ने : अपमान

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । गर्नु नपर्ने काम पनि बढी समय लगाएर गर्नु पर्ला । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत हुनेछ । प्रत्येक काममा बाधाअड्चन आउने र ढिलो गरी कार्यसम्पादन हुने दिन छ । सवारी साधन हाँक्दा वा बाटो काट्दा सचेतता अपनाउनु बेस हुनेछ । स्वास्थ्यमा समस्या हुनसक्छ । लेनदेनमा विवाद हुनेछ । घरायसी सुखमा कमी देखिन्छ ।
शुभरङ्ग : नीलो
शुभअङ्क : ८
शुभदिशा : उत्तर
इष्टदेवता : भगवान् महादेव
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ३
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ मृत्युञ्जयाय नमः
न्यूनतम जापसङ्ख्या : १०
के गर्ने : आवेग, संवेग, रिसराग र क्रोधमा नियन्त्रण
के नगर्ने : सट्टापट्टा र जोखिमपूर्ण काम

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
रसरङ्ग र मनोरञ्जनको चाहना पूर्ण गर्ने समय आएको छ । तर कामधन्दा र व्यववसायको चापले गर्दा प्रणयप्रसङ्ग र दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ । घरायसी वातावरण र बालबच्चाको क्रियाकलापले समय लिनसक्छ, संयम भई व्यवहारिक काममा जुटेको राम्रो हुन्छ । यात्रामा सोचेजस्तो रमाइलो पाउन सकिंदैन । आर्थिक पक्ष सबल नै देखिन्छ । खानपानको समयमा फेरबदल हुने सम्भावना छ । मनोरञ्जन र खेलवाडमा भुलिनु राम्रो हुँदैन, बन्दव्यापार प्रभावित हुनसक्छ । भावनाप्रधान दिन भएकाले आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमतामा कमी आउने छ । कल्पनामा रुमल्लिनु पर्ने हुन्छ ।
शुभरङ्ग : हलुका रातो
शुभअङ्क : ७
शुभदिशा : पश्चिम
इष्टदेवता : राधाकृष्ण
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : २
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ कामदेवाय नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : पति/पत्नी र प्रेमी/प्रेमिकाको भावनालाई बुझ्ने प्रयास गर्ने
के नगर्ने : कामुकता

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
प्रतिद्वन्द्वीहरूका माझमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, आज । आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुनसक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । घरपरिवार र साथीभाइको राम्रो साथसहयोग प्राप्त हुनेछ । जीवनसँगीसित रहेको वैचारिक मतभिन्नताको समाप्ति हुनेछ । मानसिक रूपमा सबल भइने छ, उत्साह र जाँगरमा बृद्धि हुनेछ । तर्क, बहस र वादविवादमा समय बित्न सक्छ ।
शुभरङ्ग : सेतो वा घुर्मैलो
शुभअङ्क : ६
शुभदिशा : दक्षिण
इष्टदेवता : विष्णु भगवान्
अशुभ रङ्ग : सुन्तले/गुलाबी
अशुभ अङ्क : १
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ धन्वन्तरीदेवाय नमः
न्यूनतम जापसङ्ख्या : ०८
के गर्ने : कुरा काट्ने र प्रतिद्वन्द्वीसित सतर्क रहने
के नगर्ने : मुद्दामामिला र झैझगडा

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पाँचौं घरमा कमजोर चन्द्रमा छ, त्यसैले आज जे गरे पनि आफ्नै बुद्धि खियाउनु पर्ने दिन छ । सन्तति पक्षका झिनामसिना समस्यामा केन्द्रित हुन सकिन्छ, तर तिनका क्रियाकलापले सन्तुष्टि मिल्नेछ र तिनको भविष्यका बारेमा घोत्लिन बाध्य भइनेछ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा धेरथोर समय दिइने छ । बौद्धिक र सृजनात्मक प्रतिभामा आएको कमीले चिन्तित तुल्याउन सक्छ । व्यवसायिक क्षेत्रमा दौडधूप गरेजति सफलता प्राप्त हुने छ । भाइबहिनी र छोराछोरीबाट समेत सन्तोष प्राप्त हुनेछ । दार्शनिक र आध्यात्मिक भावना पैदा हुनसक्छन् । पारिवारिक जीवनमा सामान्य तनाव र समस्या देखा पर्नसक्छन् ।
शुभरङ्ग : आकासे
शुभअङ्क : ९
शुभदिशा : पूर्व
इष्टदेवता : सरस्वती माता
अशुभ रङ्ग : कालो
अशुभ अङ्क : ३
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ वाग्देव्यै नमः
न्यूनतम जापसङ्ख्या : ०७
के गर्ने : आध्यात्मिक वा दार्शनिक विषयको ज्ञान लिने
के नगर्ने : अहङ्कार

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सुरुमा तनाव भए पनि रामरमाइलोमा दिन बित्नेछ, मनमा देखिने अस्थिरता र अधैर्यतालाई त्यागेर हिम्मतका साथमा अघि बढ्ने आत्मबल प्राप्त हुनेछ । छरछिमेकीसँग टाढिंदै गएको सम्बन्धमा सुधार आउने छ, त्यस्तै आफन्त, नातागोता वा घरपरिवारबाट आवश्यक सहयोग प्राप्त हुनेछ । मान्यजनको सुझावबमोजिम व्यवहार गर्नसकेमा फाइदा हुनेछ । परिश्रम गरेबमोजिम आम्दानी र प्रतिष्ठा प्राप्त हुनेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको सल्लाह र परामर्श प्राप्त हुनाले रोकिएको काम बन्ने समय छ । मन बढ्ने योग छ र सामाजिक सम्मान प्राप्त हुनेछ । कामधन्दामा सफलता हात लाग्नेछ ।
शुभरङ्ग : कलेजी
शुभअङ्क : ४
शुभदिशा : उत्तर
इष्टदेवता : अष्टमातृका
अशुभ रङ्ग : गाढा नीलो
अशुभ अङ्क : २
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ अष्टमातृकाभ्यो नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : आमाको वा बृद्ध स्त्रीको आशीर्वाद ग्रहण गर्ने
के नगर्ने : लोभ र मोह

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन्, सहयोगीहरूले राम्रो साथ दिनेछन् । दोहोर्याएर प्रयत्न गर्दा रोकिएका काम बन्न सक्छन् । थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ । साथीभाइसँगको सम्बन्ध आत्मीय बन्नेछ । हाँकेको/ताकेको काममा आफन्तहरूले राम्रो सहयोग र सद्भाव प्रदान गर्नेछन् । पहिले दिएको वचन पूरा गर्न खट्नु पर्ने दिन छ । परिस्थिति र समयले नचिताएको सफलता प्राप्त गर्न सघाउ पुर्याउने छ । प्रशस्त धनार्जन गर्ने अवसर आउने छ र परोपकारी काममा धन लगानी हुने सम्भावना छ । मुद्दामामिला र सरकारी काममा फाइदा लिन सकिने छ ।
शुभरङ्ग : हरियो
शुभअङ्क : ३
शुभदिशा : पश्चिम
इष्टदेवता : गणेश
अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे
अशुभ अङ्क : १
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ कार्यविनायकाय महागणाधिपतये नमः
न्यूनतम जापसङ्ख्या : ०८
के गर्ने : परोपकारी र सामाजिक काममा मन दिने
के नगर्ने : दुःखीको अपमान

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
महत्वपूर्ण कार्य सम्पन्न हुने समय छ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा लाभ प्राप्त हुनेछ । परिवारमा ठूलो जमघट वा कुनै धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । विशिष्ट व्यक्तिले तपाईंको विचारको कदर गर्नेछन् । स्वास्थ्यस्थिति सन्तोषजनक रहनेछ । बन्दव्यापार फस्टाउने योग छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुनाले आत्मसन्तुष्टि प्राप्त हुनेछ । आभूषण, श्रृङ्गार, साजसज्जा, फेसनडिजाइन र सञ्चार क्षेत्रका व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन् । पारिवारिक जीवनमा हर्षको वातावरण सिर्जना हुनेछ । मित्रशक्ति र कुटुम्बबाट साथसहयोग पाइने छ । मिठो भोजनको अनुकूलता मिल्नेछ ।
शुभरङ्ग : सेतो
शुभअङ्क : २
शुभदिशा : दक्षिण
इष्टदेवता : लक्ष्मी माता
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : ९
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ सिद्धिलक्ष्म्यै नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : चेलीबेटी र कुटुम्बसँग नम्र व्यवहार गर्ने
के नगर्ने : फजुल खर्च

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आफ्नै घरमा चन्द्रमाको उपस्थिति भए पनि समय त्यत्ति भरपर्दो छैन । मनमा निराशा र वैराग्यका भावना सिर्जना हुनेछ । गरेका काममा सफलता नै हुनेछ, तर मित्रवर्ग र सहयोगीहरूले साथ दिन सक्ने छैनन् । रोकिएका काम पूरा गर्न धेरै समय लाग्नसक्छ । नयाँ आशा जाग्न सक्छ, नयाँ कामको खोजीमा मन लालायित हुनेछ । श्रममूलक काममा निकै खट्नु पर्ने समय छ । व्यवहारिक समस्याले सताउन सक्छ । बन्दव्यापार र पेसा/व्यवसायमा सफलता नै मिल्ने समय छ । भोगविलास र मनोरञ्जनका क्षेत्रमा खर्च गर्न मन आकर्षित बन्नेछ । नयाँ काम गर्ने सोच पलाउन सक्छ, तर कार्यान्वयन पक्ष जटिल छ ।
शुभरङ्ग : गुलाबी
शुभअङ्क : १
शुभदिशा : पूर्व
इष्टदेवता : हनुमान्
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ८
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ अं अङ्गारकाय नमः
न्यूनतम जापसङ्ख्या : १०
के गर्ने : नैराश्यभाव त्याग गर्ने
के नगर्ने : कल्पनामा र भावनामा डुब्ने काम

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
व्यवसायिक जीवन यथावत रहने छ । व्ययस्थानमा चन्द्रमा रहेकाले काममा लगानीको समय छ । अहिले तपाईंले खर्चमा नियन्त्रण गर्नुपर्छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ, तर खास हानि पुग्दैन । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । यात्रा हुनसक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । मन दर्शन, अध्यात्म वा गूढ रहस्यप्रति आकर्षित बन्नेछ । विवादका क्रममा आफूलाई संयम बनाएमा सफल हुन सकिन्छ । कडा बोलीका कारण अप्ठ्यारामा पर्न सक्नुहुन्छ ।
शुभरङ्ग : बैजनी वा पहेंलो
शुभअङ्क : ४
शुभदिशा : उत्तर
इष्टदेवता : कुल/पितृदेवता
अशुभ रङ्ग : हरियो/चम्किलो
अशुभ अङ्क : ७
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ बृं बृहस्पतये नमः
न्यूनतम जापसङ्ख्या : १९
के गर्ने : खर्र्चमा नियन्त्रण
के नगर्ने : विलम्ब र ढिलासुस्ती

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउने छ र व्यवसायबाट पनि राम्रै लाभ हुनेछ । मायाप्रेमका लागि समय जुट्ने छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । सद्भाव र प्रेममा उच्च सफलता प्राप्त हुने योग छ । प्रेमी/प्रेमिकाको मिलन हुनसक्छ । सरकार पक्ष वा सामाजिक कामबाट फाइदा लिन सकिने छ ।
शुभरङ्ग : नीलो
शुभअङ्क : ३
शुभदिशा : पश्चिम
इष्टदेवता : शिवजी
अशुभ रङ्ग : घिउरङ्ग/क्रिम
अशुभ अङ्क : ६
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ सूर्यसुताय शनये नमः
न्यूनतम जापसङ्ख्या : २३
के गर्ने : बन्दव्यापार र लाभमूलक काममा लगानी
के नगर्ने : अनुशासन भङ्ग

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
कर्मक्षेत्रमा चन्द्रमा भएपनि समय अनुकूल छैन, तर मिहिनेत र दौडधूप गरेको काममा सफलता प्राप्त भई छाड्ने छ । अचल सम्पत्तिको कारोबार गर्दा सामान्य रूपमा फाइदा लिन सकिने छ । बन्दव्यापारका क्षेत्रमा झिनामसिना समस्या देखिन सक्छन् । घरायसी समस्यामा समय व्यतीत हुनसक्छ । कडा मिहिनेत र परिश्रमका कारण गुमेको प्रतिष्ठा प्राप्ति हुने सम्भावना छ । मनोरञ्जन वा खेलवाडबाट टाढा रहनु पर्छ । सामाजिक कार्यभार बहन गर्नु पर्नेछ । खानपानको समयमा तलबितल पर्नसक्छ । जग्गाजमिनको कारोबारबाट सानोतिनो फाइदा नै हुनेछ । नयाँ कारोबारमा लगानी बढाउन अनुकूल समय छैन ।
शुभरङ्ग : कालो
शुभअङ्क : २
शुभदिशा : दक्षिण
इष्टदेवता : कुल/पितृदेवता
अशुभ रङ्ग : कलेजी
अशुभ अङ्क : ५
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ कुलदेवताभ्यो नमः
न्यूनतम जापसङ्ख्या : २३
के गर्ने : जग्गाजमिन र घरायसी बन्दोवस्तीको प्रयास
के नगर्ने : अल्छीपन र अकर्मण्यता

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button