मिस एण्ड मिसेस फिटनेस पोखराको उपाधि बिमलालाई

आर.आर. पौडेल, पोखरा न्यूज – २३, असोज । तेस्रो संस्करणको मिस एण्ड मिसेस फिटनेस पोखरा २०१९ को उपाधि बिमला शेरचनले जितेकी छिन् ।

सेप अप जुम्बा एण्ड एरोबिक फिटनेस सेन्टरले आयोजना तथा जिके इन्टरनेशनल लिमिटेडको प्रस्तुतीमा भएको प्रतियोगितामा सविना पुन फर्स्ट रनरअप र लक्ष्मी गुरुङ सेकेन्ड रनरअप बने । त्यस्तै भ्युअर्स च्वाइस अवार्डको  पुरस्कार सन्तोषी कुँवर र बेष्ट फोटोजेनिकको पुरस्कार विनिता ल्वागुनको हातमा पर्यो ।

होटल पोखरा ग्राण्ड विरौटामा भएको फाइनल प्रतिष्पर्धामा १२ जना प्रतियोगीले आफ्नो प्रतिभा देखाएका थिए । अडिसन मार्फत छानिएका उनीहरुलाई विभिन्न तालिम पश्चात अन्तिम प्रतिष्पर्धामा उतारिएको आयोजकले जनाए ।

स्वास्थ्य नै सबैभन्दा ठुलो सुन्दरता हो भन्ने नाराका साथ आयोजित प्रतियोगिताको इभेन्ट मेनेजमेन्टको जिम्मा द लुप इन्टरटेनमेन्टले लिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button