कोजाग्रत पूर्णिमामा तालबाराही मन्दिरमा दर्शनार्थीको भिड्

दीननाथ बराल, पोखरा न्यूज – २६, असोज ।  पोखरा फेवातालको बिचमा रहेको तालबाराही मन्दिरमा दर्शनार्थीको आज कोजाग्रत पूर्णिमाको अवसरमा बिहानै देखि भिड लागेको छ ।

प्रत्येक वर्षको आश्विन शुक्ल पूर्णिमाका दिन आफ्नो  मनोकांक्षा पूरा हुने धार्मिक विश्वाशका साथ मन्दिरमा पूजा गर्ने तथा दशैँमा प्रयोग गरिएको जमरा फेवाताल किनारामा सेलाउने प्रचलन छ । आजकै दिन मन्दिरमा पूजा गर्ने र महादीप बालेर जाग्राम बस्ने चलनसमेत  रहेको छ ।

पोखरा आसपास सहित पोखरा घुम्न आएका पर्यटकहरुले समेत घण्टौं लाइनमा बसेर पनि कोज्राग्रत पूर्णिमाको अवसरमा तालबाराही मन्दिमरमा दर्शन गर्न पुगेकाछन्।  बाराही घाटमा फुटपात बजारको साथमा कोजाग्रत मेला संचालन भएको छ ।

कोजाग्रत पुर्णिमाको दिनमा अत्याधिक मात्रमा दर्शनार्थीहरु दर्शन गर्न तालको बिचमा जाने हुदा आफुहरुले सुरक्षितका साथ डुङ्गाबाट वारपार गर्ने गरेको फेवा डुङ्गा व्यवसायी संगठनका अध्यक्ष बुद्धिबहादुर नेपालीले बताए । जोखिमलाई न्यूनिकरण गर्न पनि  लाइफ ज्याकेट अनिवार्य गरिएको उनले बताए । डुङ्गा व्यवसायीहरुले वाराहीघाटबाट तालबाराही मन्दिर वारपार गर्न लाइफ ज्याकेज सहित ७० रुपैया शुल्क लिने गरेका छन् ।

कोजाग्रत पुर्णिमाको दिन फेवातालमा  ३ सय ५० भन्दा बढी  डुङ्गाले भक्तजनलाई सेवा दिइरहेको अध्यक्ष  नेपालीले जानकारी दिए  । कोजाग्रत पुर्णिमामा मन्दिरमा हजारौको संखयामा भक्तजनले दर्शन  गरेको उनले बताए । कोजाग्रत पुर्णिमामा दिनभरमा मन्दिरमा ५० /६० हजारको हाराहारीमा भक्तजनले दर्शन गर्ने गर्दछन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button