यसपाली पोखरामा ६० प्रतिशत कम फूल आयात हुँदै

दीननाथ बराल, पोखरा न्यूज – १०, कार्तिक ।  यस बर्षको तिहार पर्वको अवसरमा पोखरामा गत बर्षको तुलनामा करिब ६० प्रतिशत कम फूल आयात हुने भएको छ ।

गत बर्षको तुलनामा यस बर्ष पोखरा क्षेत्रमा करिब ६० प्रतिशत भन्दा बढी कम फूल आयात हुने फ्लोरिकल्चर एशोसिएसन (फान) नेपाल जिल्ला कार्य समिति कास्कीका अध्यक्ष सितामाया रानाले बताइन्।  उनले भनिन“ गत बर्ष तिहारमा गाडीका गाडी र स्थानिय पुष्प व्यवसायी तथा कृषकहरुले ढोकामा फूल बिक्रि गर्न ल्याउने गरेकोमा यस बर्ष खासै पोखरामा धेरै फूल भित्रिएको छैन् ।”

पोखराको पृथ्बीचोक क्षेत्रमा तिहारे अर्थात सयपत्री फूलको व्यापार यस बर्ष गत बर्षको तुलनामा कम विक्रि हुने अनुमान गरिएको अध्यक्ष रानाले बताइन्। गत बर्षको तुलनामा यस बर्ष बजारमा कम फूल आयात भए पनि बजारमा फुलको माग भने आफुहरुले सोचे अनुसारको नभएको उनले जनाइन्।

तिहारको अवसरमा गत बर्ष डेढ लाखको फूल व्यवसायमा घाटा व्यहोरेका एक पुष्प व्यवसायी तपन रोय यस बर्ष भने पोखरामा कम फुल भित्रिएसंगै थोरै फूल अडर गर्दा यस बर्ष केही मुनाफा हुने आशा रहेका छन्। यस बर्ष उनले एक लाख भन्दा कम लगानीमा फुल खरिद गर्दै विक्रि गर्न थालेका हुन्।

पोखराको नयाँबजारमा फूलको स्टल नै राखेर अन्य पोखराका व्यस्त बजार महेन्द्रपुल, चिप्लेढुगा, पृथ्बीचोकका व्यवसायीहरु भन्दा धेरै सहुलियत दरमा उनले भारतिय फूल बिक्रि गरेका हुन्। भारतिय फूल अन्य बजारमा एक सय रुपैयामा बिक्रि भएको छ । आम उपभोक्ताहरुलाई उनले प्रति माला ४५ देखि ६० रुपैयामा बिक्रि गर्दै आएका छन्। यस बर्ष भारतबाट पनि ५० प्रतिशत भन्दा धेरै कम आएको रोयले जनाए ।

पोखराको महेन्द्रपुलको फुटपातमा भारतिय फूल बिक्रि गर्दै गरेकी सिता पौडेलले यस बर्ष प्रति माला एक सय रुपैयामा बिक्रि गर्दै आएकी छन्। भारतिय फूलयस बर्ष ७० रुपैया आफ्नोृ खरिद मुल्य नै पर्न गएको उनले जनाइन्।

भारतिय फुलको थुंगा एकै प्रकारको भएकोले केही उपभोत्ताले भारति फूल मन पनाउने गरेकोले आफुले भारतिय फूल नै बिक्रि गर्न लागेको पौडेलले जनाईन्। पोखरा चाउथेबाट एक बृद्ध नन्दलाल कोइराला आफ्नै बारीको फूल बिक्रि गर्न महेन्द्रपुल पुगेका थिए । उनले प्रति फुलको थुंगा ५ र प्रति माला एक सय ५० रुपैयामा बिक्रि गर्दै आएका छन्। यस पाली राम्रो व्यापार भएको कोइलालाले जनाए ।

धार्दिङबाट फूलको बिक्रि गर्न पोखरा आएका पदम बहादुर खड्क यस बर्ष निकै खुसि मुद्रामा रहेका छन्। गत बर्ष करिब एक गाडी फूलनबिके पछि निरास भएका उनी यस बर्षको तिहारमा फुलबाटै राम्रै आम्दानी गर्ने भएकाछन्। यस बर्ष उनले प्रति माला २ सय ५० देखि एक सय सम्ममा बिक्रि गरेका हुन्। भाइटिकाको अघिल्लो दिनसम्म पोखरामा फुलको बिक्रि वितरण हुने गरेको छ ।

पोखरामा करिब २ करोड ५० लाख रुपैया बराबरको फूलको माग हुने गरेको फान कास्कीका उपाध्यक्ष दिलबहादुर गुरुङले बताए । उनका अनुसार पोखरा क्षेत्रमा खपत हुने ८० प्रतिशत फूल स्थानिय नै हुने भएको छ । भारतिय फूलले यस बर्ष १० प्रतिशत पनि बजार लिन नपाएको उनले जनाए ।

यस बर्ष धेरै पानी परेकाले व्यवसायीक फूलखेति राम्रोसंग फष्टाएको फान कास्कीका उपाध्यष दील बहादुर गुरुङले बताए । उनले भने “यस बर्षको तिहार पर्व अन्य बर्षको तुलनामा केही छिटो भएको घर गाउँमा हुने तिहारे फुल समयमै सवै ठाउँमा राम्रोसंग नफुलेकोले व्यवसायीक रुपमा लगाएको फूलले यस बर्ष मुल्य पाउनेछन्। ”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button