पोखरामा तिहारको लागि किनमेल गर्नेको चहलपहल ह्वात्तै बढ्यो

दिननाथ बराल, पोखरा न्यूज – १०, कार्तिक ।  पोखरामा तिहार पर्वको अवसरमा चहलपहल ह्वात्तै बढेको छ ।  तिहार पर्वको अवसरमा आवश्यक पर्ने सामग्री  किनमेल गर्ने देखि दैनिक उपभोग्य बस्तुहरु पोखराका मूख्य बजार क्षेत्रमा फुटपातमा उपलब्ध भएसंगै किनमेल गर्नेहरुको भिडभाड ह्वात्तै बढेको हो ।

दशैं भन्दा तिहार पर्व धेरै खर्चिलो हुँदै  जाने गरेकाले गर्दा पनि बजारमा किनमेल गर्नेहरुको भिडभाड हुने गरेको पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोख्रेलले बताए । उनका अनुसार फुटपातमा सवै प्रकारको सामानहरु पाउने भएसंगै बजारमा स्वभाविक रुपमा भिडभाड बढेको हो ।

 

बजारमा भाइटिका मसला देखि, तिहार पर्वमा आवश्यक पर्ने फुल, झिलिमिलि बत्ती, विभिन्न प्रकारको फलफुल, मिठामिठा खानेकुरा, ढाका टोपी लगायतका सामाग्रिहरु किन्नेहरुको बजारमा विहानै देखि भिडभाड भएको हो । पोखरा क्षेत्रमा दशैं पर्वमा भन्दा तिहार पर्वको अवसरमा अझ बढी चहलपल हुने गरेको छ ।

तिहार पर्वको अवसरमा साँझ देखि रातभरी जसो पोखरा विभिन्न रंगिविरङगी बत्तीले पोखरालाई पोखरा आसपासका गाउँ तथा डाँडाबाट निकै झिलिमिलि देखिन्छ । देउँसी भैलो खेल्नेहरुले बजारमा छुट्टै रौनक दिएको सन्दर्भमा दैनिक उपभोग्य बस्तु देखि लक्ताकपडा तथा गरगहनाका अधिकांश पसलहरु खुल्ला रहेकाछन्।

पोखराको महेन्द्रपुल, चिप्लेढुंगा, पालिखेचोक, सिद्धार्थचोक, पृथ्बीचोक, न्यूरोड, सभागृहचोक लगायतका क्षेत्रमा किनमेल गर्नेहरुको भिड लागेको छ । बजारमा फुटपात व्यापारीका कारण आम उपभोक्ताहरुले फुटपातमै सामानहरु खरिद गर्दा सडक जाम समेत भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button