पोखरामा कार्तिक १९ गते मिलियन मास्क मार्च हुने

पोखरा न्यूज – ११, कार्तिक । यहीँ कार्तिक १९ गते पोखराको चिप्लेढुङ्गाबाट मिलियन मास्क मार्च हुने भएको छ । विश्वव्यापी रुपमै मनाइने यस विरोध र्यालीको मुख्य उद्देश्य समाजमा सकारात्मक परिवर्तन ल्याउन भएको बताइन्छ ।

नोभेम्बर महिनाको ५ तारिखमा विश्वभर हुने यस विरोध कार्यक्रममा मास्क लगाएका सहभागीहरुले जनताको संवैधानिक अधिकार, मानव अधिकार, समान ज्याला, समानता, राजनीतिक र धार्मिक स्वतन्त्रता जस्ता विषय उठान गर्ने गर्छन् ।

विरोध प्रदर्शनको उद्देश्य विश्वभर समाजको माग अनुसार फरक फरक हुने भएपनि सबै देशमा कुनै न कुनै रुपमै व्याप्त राजनीतिक विसङ्गति, भ्रस्टाचार, प्रहरी दमन र जनताको स्वशासनको अधिकार नै विरोधको मुख्य विषय हुने गरेको बताइन्छ ।

नेपालमा पनि पछिल्लो समयमा सञ्चारमाध्यम र कलाकारमाथि बढ्दो सरकारी दमन र सेन्सरसीप, धनी र गरिबबीचको व्यापक खाडल र विभिन्न सामाजिक विसङ्गति बढेको अवस्थामा यस विरोध कार्यक्रमको औचित्य अझ बढेको आयोजकहरुले बताएका छन् ।

आयोजकका अनुसार कार्यक्रम चिप्लेढुङ्गाको मुख्य चोकबाट दिउँसो ४:५० बाट शुरु हुनेछ भने र्याली चिप्लेढुङ्गाबाट नयाँ बजार, पृथ्वी चोक, न्युरोड हुँदै चिप्लेढुङ्गा मै आएर टुङ्गिनेछ ।

र्यालीमा सहभागी हुने सबैले सकेसम्म मास्क लगाएर आउन पनि आयोजकहरुले अनुरोध गरेका छन् । मिलियन मास्क मार्च यसपटक झापामा पनि आयोजना हुने आयोजकहरुको भनाई छ ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button