पोखरामा शुक्रबार नाटक ‘एक चिहान’ को खुल्ला सो हुँदै

आर.आर. पौडेल, पोखरा न्यूज – २८, कार्तिक । पोखरामा नाटक ‘एक चिहान’ पुनः मञ्चन भइरहेको छ । पोखरा थिएटरको आठौँ प्रस्तुतीको यो नाटक कार्तिक २४ गतेबाट पुनः मञ्चन भइरहेको हो ।

पोखरा थिएटरको गन्धर्व नाटकघरमा विद्यार्थी भाइबहिनीको लागि मञ्चन गर्न गरिएको पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए । तर यो नाटक हेर्न चाहना अन्य दर्शकले शुक्रबार नाटक हेर्न पाउने थिएटरले जनाएको छ । कार्तिक २९ गते शुक्रबार दिउँसो ४ बजेको सो मा नाटक एक चिहान हेर्न छुटेका दर्शकले नाटक हेर्ने अवसर पाउनेछन् ।

एक चिहान’ साहित्यकार हृदय चन्द्र सिंह प्रधानले लेखेको उपन्यास हो । प्रधानको उपन्यास एक चिहान पाठ्यक्रम विकास केन्द्रद्धारा कक्षा ११ र १२ को अनिवार्य नेपालीमा समावेश गरिएको छ । यो उपन्यासका माध्यमबाट प्रधानले लेखनकालिन नेपाली समाजका नारीहरुले भोग्नु परेका यातना, किसानहरु माथीको आर्थिक शोषण, सामाजिक अन्धविश्वास र त्यस प्रकारका विकृतिहरुबाट मुक्तिको मार्ग निर्देश गरेका छन् । जसको अनुभुती नाटक हेर्दा पाइन्छ । उपन्यास एक चिहानलाई नाट्य रुपान्तरण तथा निर्देशन परिवर्तनले गरेका छन् ।

नाटकमा जनक पराजुली, प्रमिला तुलाचन, नवराज गिरी, सन्तोष पुन, सुविना श्रेष्ठ, सोनिया खत्री, सुदिप बाँस्तोला, अञ्जु दाहाल, सन्दिप ठाकुर, विष्णु तिमिल्सिना , सुमन तिमिल्सिना, इश्वरी राना, आशिका केसी, नितिषा बस्ताकोटीको अभिनय हेर्न पाइन्छ । उनीहरु अष्टनारान, लतमाया, शिवनारान, हाकुमाया, पुननारान, नानीथकु, रत्नमान, रामखेलावन रावत, गोदत्तप्रसाद, गुठियार, भरिया, रामबहादुर, रोपारे, सहेली, रञ्जनादेवी र तामाङ बुहारी पात्र मार्फत नाटकमा देखिएका छन् ।

नेपाली गरीब किसान र मजदुरको जीवनमा आधारित नाटक एक चिहान सामाजिक यथार्थबादी नाटक हो । वि.स २०११ सालतिरको निम्न वर्गीय जीवनको यथार्थलाइ नाटक एक चिहानमा प्रस्तुत गरिएको छ । गरिबी, वाध्यता र विवस्ताको परिवेशमा निम्न वर्गीय जीवनका जटिलता र संघर्ष प्रस्तुत भएको नाटकमा विशेष गरि नेवारी समुदायको पारिवारिक परिवेश देखाइएको छ । नेवारी पोशाक, नेवारी लवजले नाटकलाई परिपक्क बनाइदिएको छ ।  अभिनयमा निखारता थप्न कलाकारहरुले कडा मेहनत समेत गरेका छन् ।

प्रजातन्त्र प्राप्ति पछि विस्तारै मौलाउदै गएको प्रगतिशिल सोचको परिवेश, सास्कृतिक सम्मिश्रण, समावेशी र समानताको लागि आवश्यक परेको तथ्य, रुढिबादी र अन्धविश्वासले नेपाली समाजलाई नछाडेको वास्तविकता नाटकभित्र अनुकुल घटनाक्रम र स्वभाविक पात्रको परिवेशबाट व्यक्त गरिएको छ । यस अघि यो नाटक गत साउन ३१ गतेबाट नियमित मञ्चन भएको थियो । बुकिङ सो मार्फत नाटकलाई अझै केहि दिन देखाउने थिएटरले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button