बालहितकारी परियोजना नेपालद्वारा पोखरामा २ व्यक्तित्वलाई सम्मान

पोखरा न्यूज – ३०, कार्तिक । बालहितकारी परियोजना नेपालले दुइजना समाजसेवी व्यक्तित्वलाई सम्मान गरेको छ ।

बालहितकारी परियोजना नेपालको १९ औं बार्षिक साधारण सभाको अवसर पारेर सामाजिक क्षेत्रमा लामोसमयसम्म कार्यरत १ बिदेशी सहित २ जनालाई शुक्रबार सम्मान गरिएको सस्थाका अध्यक्ष गोविन्द राज पहारीले जानकारी दिए ।

संस्थामा २२ बर्षसम्म निरन्तर सेवा गर्ने  ज्योति संरक्षण तथा विकास कार्यक्रमकी संयोजक नीमा गुरुङ र विगत १५ बर्षदेखि संस्थालाई निरन्तर आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएका किडाशा नेपाल कार्यालयका प्राविधिक सल्लाहाकार युकेका नागरिक  जेरेमी साउथनलाई सम्मान गरिएको अध्यक्ष पहारीले बताए ।

 

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष प्रकाश पौडेलले सम्मानित व्यक्तित्वलाई दोसल्ला  र कदरपत्रका साथमा नगद रु २५ हजार सहित सम्मान गरेका हुन् । सम्मानित व्यक्तित्व नीमा गुरुङले सम्मानको रकम पुनः सस्थालाई नै हस्तान्तरण गरिन भने  जेरेमी साउथनले कदरपत्र र दोसल्लामात्र ग्रहण गरे ।

कार्यक्रमका बोल्दै प्रमुख अथिति पौडेलले परियोजनाले बिभिन्न कारणले पछाडि परेका समुदाय तथा अति विपन्न बालबालिकाहरुको शिक्षा, स्वास्थ्य र भोतिक संरचनाहरुको निर्माण कार्यमा उल्लेखनीय योगदान पुर्याएको बताए।

परियोजनाले अन्य गैर–सरकारी संघ संस्थाहरुको लागि अनुकरणीय काम गरेको बताउदै पौडेलले बडा कार्यालय परियोजना सँग सहकार्यका लागि तत्पर रहेको भनाई व्यक्त गरे ।

परियोजनाका अध्यक्ष पहारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका कार्यक्रम संयोजक रघुनाथ ज्ञवालीले संस्थाको आ.व. २०७५/०७६ को प्रगति विवरण पेश गरेका थिए भने  कोषाध्यक्ष लोकमणी सुवेदीलेआर्थिक प्रतिवेदन पेश गरेका थिए।

ज्योति व्यवसायीक तालिक केन्द्रको सभाहल पोखरा पावर हाउसमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रामचन्द्र शर्मा, सचिव दिल बहादुर भट्टराई , सम्मानित व्यक्तित्व द्वय गुरुङ र साउथन लगायतले मन्तव्य राखेका थिए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button