प्रहरी नियन्त्रणमा रहेका युवकको मृत्यु भएको भन्दै पृथ्वी राजमार्ग अवरुद्ध

पोखरा न्यूज -१, मंसिर । युवा मृत्युको विरोधमा मुग्लिन बजार नजिकै स्थानीयहरुले पृथ्वी राजमार्ग अवरुद्ध पारेका छन् । प्रहरीको नियन्त्रणमा रहेका एक मुग्लिङका युवक मृत फेला परेपछि स्थानीयहरुले फिस्लिङमा राजमार्ग अवरुद्ध पारेका हुन् ।

आजै बिहानै प्रहरीले नियन्त्रणमा लिएको राम कँडेलको मृत्यु भएको खबर बाहिरिएसँगै अहिले ११:४५ बजे देखि राजमार्ग ठप्प पारिएको हो । मृतक युवकको ठेगाना इच्छाकामना गाउँपालिका रहेको छ । प्रहरीले उनलाई होहल्ला र झगडा गरेको आरोपमा नियन्त्रणमा लिएको हो ।

प्रहरीले भने कँडेल भिरबाट हाम फाल्दा मृत्यु भएको जनाएको छ । त्यस्तै प्रहरीले घटनाको अनुसन्धान भइरहेको र अनुसन्धान पश्चात् नै मृत्युको वास्तविक कारण खुल्ने बताएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button