पोखराको एकै मञ्चमा स्याङ्जाका कलाकार सम्मानित हुने

दीननाथ बराल, पोखरा न्यूज -०३,मंसिर । स्याङ्जाका कलाकारहरु एकै मञ्चमा सम्मानित हुने भएका छन् । स्याङ्जाली सम्पर्क सदन पोखराको रजत जयन्तीको अवसरमा पोखरामा यही मंसिर ५ गते हुने स्याङ्जाली सांगीतिक साँझ कार्यक्रममा कलाकारहरुलाई एकै मञ्चमा सम्मानित गरिने भएको मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

स्याङ्जाली सम्पर्क सदन पोखराको आयोजनामा हुने उक्त कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारको साथमा स्याङ्जाली कलाकारहरुको विशेष प्रस्तुती हुने भएको सदनका महासचिव धर्मराज अर्यालले बताए । राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपानेको संयोजकत्वमा राष्ट्रिय कलाकारबाट लोक दोहोरी सहितको विशेष प्रस्तुती हुने भएको उनले बताए ।

कार्यक्रममा स्याङ्जाली प्रतिभावान कलाकारहरुको समेत प्रस्तुती हुने भएको सदनका महासचिव अर्यालले बताए । पोखराको सभागृहमा विहिबार दिउँसो २ः३० बजे पछि हुने उक्त कार्यक्रममा स्याङ्जाली कलाकारहरुलाई सम्मान समेत गरिने भएको उनले जनाए ।

कार्यक्रममा प्रवेश शुल्क सहयोग ५ सय र एक हजार रुपैया रहेको सदनले जनाएको छ । उक्त कार्यक्रमबाट १० लाख आम्दानी गरी ५ लाख रुपैया बचत गर्ने लक्ष्य राखिएको अध्यक्ष लिला प्रसाद पंगेनीले बताए । पंगेनीका अनुसार आउदो पुष १२ गते सदनले रजत जयन्ती समापन गर्ने भएको छ ।

सदनले रजत जयन्ती सम्पन्न गर्न करिब ३० लाख आम्दानी गर्ने र ५ लाख रुपैया बचत गरी सदनको कोषमा थप्ने योजना बनाएको अध्यक्ष पंगेनीले जनाए । स्याङजाका करिब २ सय जना कलाकारहरु रहेको राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपानेले दाबी गरे ।

उनका अनुसार कार्यक्रममा पशुपति शर्मा, रमेश बिजी, शर्मिला गुरुङ, रामजी खँड, खुमन अधिकारी, ज्योति लोहनी, इन्द्रा गुरुङ, शंकर विरही गुरुङ, लक्ष्मी नेपालीलगायतका कलाकारको प्रस्तुती हुने भएको छ । मुक्तिनाथ विकास बैंकको मुख्य प्रायोजन र गरिमा विकास बैंकको सहप्रयोजनमा उक्त कार्यक्रम हुने भएको सञ्चार सहयोगी पत्रकार विमला भण्डारीले बताइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button