फेवा किनारामा भासिएको सडकमा कसैको ध्यान पुगेन्, दुर्घटनाको उच्च जोखिम

दीननाथ बराल, पोखरा न्यूज-०१ पुष। पोखराको पर्यटकीय क्षेत्र फेवाताल किनाराको सडक भासिएको महिनौ बित्दासमेत हालसम्म सडक मर्मत सम्भारको लागि कुनै सुरसार गरिएको छैन ।

विगत एक बर्षदखि रातोमाटे डाँडाको घुम्तीमा केही भाग भासिन थालेकोमा  समयमै त्यसलाई रोकथान गर्न नसक्दा गत भदौंमा सडकको करिब एक सय मिटर क्षेत्रसम्म भासिन पुगेको स्थानिय शिव देवकोटाले बताएका छन् ।

तिन महिना अघि  सवारी आवतजावतमा समस्या हुनेगरि सडकको  भासिएकोमा  हालसम्म मर्मत सम्भारको प्रयास नभएको र  उक्त भासिएको क्षेत्र  सडक दुर्घटनाको उच्च जोखिम रहेको देवकोटाले गुनासो गरेका छन्।

नेपाल सरकारले नेपाल पर्यटन बर्ष, गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन भ्रमण बर्ष मनाइरहदा पोखराको मुख्य पर्यटकीय क्षेत्र फेवाताल किनारा रातामाटे डाँडोमा सडक भासिदा पनि कुनै निकायको ध्यान पुग्न नसकेकोमा आफुहरु निकै दुःखि भएको स्थानिय देवकोटाले बताए ।

उनले भने “हाम्रो पोखरा -१८ वडा कार्यालय र पोखरा महानगरले यस बिषयमा हालसम्म ध्यान दिन सकेन यस क्षेत्रका सांसद तथा मन्त्री जगत बहादुर विश्वकर्मा ज्यूको ध्यानाकर्षण गराउन चाहन्छु । ” पोखराको पर्यटकीय गन्तव्यमा सडक जोखिम हुनुले आफुहरुलाई समेत त्रास भैरहेको उनले गुनासो गरे ।

यस बिषयमा पोखरा महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष रणबहादुर थापाले आफुहरुसँग बजेट कम हुने हुँदा सो क्षेत्रको सडकको  नाप जाप गरी योजना पेश गरेको बताए ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीका स्वकिय सचिव लक्ष्मण तिमिल्सिनाले विगत केही बर्षदेखि रातेमाटे डाँडा क्षेत्रको सडक भासिने समस्या रहेकोले त्यसलाई दीर्काघकालीन रुपमा समस्या समाधान गर्न अध्ययन गरेर मात्र निर्माण गर्ने योजना रहेको जनाए ।

गत भदौं ३० गते पोखरामा भएको  ठुलो बर्षातका कारण उक्त क्षेत्रमा करिब एक सय मिटर जमिन भासिदा केही भाग सडक फेवातालमा पुगेको छ । यसरी जमिन भासिएर सडक दुर्घटनाको उच्च जोखिम हुँदा पनि त्यस क्षेत्रमा ट्राफिक सम्बन्धि कुनै सिंग्नल समेत राखिएको छैन्।

पोखराको फेवाताल डिलको सडक छेउमा समेत आवश्यक तारबार नहुदा सडक दुर्घटनाको अर्को जोखिम रहेको छ भने रातिको समयमा विजुली तथा सोलार लाइट समेत नभएको हुदा असुरक्षा भएको स्थानियले गुनासो गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button