पोखरालाई पराजित गर्दै चितवनको विजयी शुरुवात

दीननाथ बराल, पोखरा न्यूज-०१ पुष ।  डिफेन्डिङ च्याम्पियन पोखरा पल्टनलाई पराजित गर्दै चितवन राइनोजले विजयी शुरुवात गरेको छ । पोखरा रगंशालाको क्रिकेट मैदानमा मंगलबार भएको पोखरा प्रिमियर लिग (पिपिएल) टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत  लिगको चौथो खेलमा चितवनले पोखरालाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

१ सय ८ रनको लक्ष्य पाएको चितवनले १४.५ ओभरमा ४ विकेटको क्षेतिमै लक्ष्य पुरा गर्न सफल भएको हो । टस हारेर पनि ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा १ सय ७ रनमै अल आउट भएको थियो ।

चितवनको जितमा बाबर हायतले अर्ध शतक पुरा गरे । हङकङका पुर्व कप्तान समेत रहेका हायतले ६६ रन जोड्न सफल भए । उनले ४२ बलमा ६ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै २ छक्का, एक चौकाको मद्धतमा  सन्नी पटेलले २२ रनको योगदान दिदा रोहन मुस्तफले ११ रन जोडे ।

पोखराका राशिद खान र सर्वजीत लड्डाले समान २/२ विकेट लिए । पोेखराका कप्तान शरद भेषावकरले ४५ रन जोड्न सफल भए । उनले ३९ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । कप्तान पारस खड्काले ११ औं ओभरको चौंथो बलमा प्रमुख ब्याट्सम्यान भारतीय रवि इन्दर सिंहलाई १० रनमा आउट गरेपछि पोखरा दबाबमा परेको थियो ।  उसका लागि बाबरले अविजित ६६ रन बनाए भने सन्नी पट्टेलले २२ रन जोडे । यस्तै रोहन मुस्तफले ११ रन बनाए । कप्तान पारस खड्का भने ४ रनमै आउट भए ।

पोखरा पल्टनले पहिलो खेलमा काठमाडौं गोल्डेन्स वारियर्सलाई ९ विकेटले हराएको थियो । हालसम्म पोखरा पल्टन , चितवनले समान २ अंक बटुलेका छन्। पोखराले दुई खेलमा २ अंक पाउदा चितवनले एक खेलबाट २ अंक प्राप्त गरेको हो ।

यसैबिच बुधबार बिहान ९ बजे पछि काठमाण्डौं गोल्डेन र एक्सपर्ट धनगढी बिच पहिलोे खेल हुने भएको छ । त्यसै गरी बुधबार दोश्रो खेल विराटनगर टाइटन्स विरुद्ध पोखरा पल्टन बिच १२ः४५ बजे खेल हुने छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button