पोखरामा ‘उ मरेकी छैन’ नाटक मञ्चन हुँदै

आर.आर. पौडेल-पोखरा न्यूज – ०२, पुष । न्यारेटर पोखरामा नाट्य क्षेत्रमा अगाडी बढ्न खोजेको एउटा समुह हो । यसमा साहित्य, कला, तथा संगीतप्रेमी युवा सम्लग्न छन् ।

न्यारेटरले आफ्नो पहिलो प्रस्तुतीको रुपमा नाटक ‘उ मरेकी छैन’ मञ्चन गर्दैछ । यो नाटक मञ्चनको सम्पुर्ण तयारी पुरा भएको न्यारेटर समुहका रेवन राई जानकारी दिए ।  पौष ४ गते शुक्रबार दिउँसो साढे ४ बजेबाट पोखरा थिएटरको गन्र्धव नाटकघरमा मञ्चन हुने यो नाटक नाट्य सम्राट बालकृष्ण समले लेखेको नाटक हो । विक्रम सम्मवत २००० मा लेखिएको यो नाटक साझा प्रकाशनले वि.स. २०३५ मा प्रकाशन गरेको थियो ।

सौन्र्दयचेत, प्रगतिवाद विचारधारा, पितृसतात्मक मानसिकताको चरमता र पुर्वीय दर्शन मिसिएको यो नाटक नेपाली समाजमा अझैपनि उत्तीकै सान्र्दभिक छ । सत्र वर्षकी कान्तीको भिक्षुणी बन्ने इच्छालार्ई पिताले नर्कादाको परिणाम नाटकमा हेर्न पाइनेछ । नाटकमा लोपोन्मुख मारुनी नृत्य, लोक शैलीको भजन तथा लोक गीत समावेश गरिएको छ । १ घण्टा १० मिनेट अवधिको यो नाटकले दर्शकको माया पाउनेमा निर्देशक तथा परिकल्पनाकार चे शंकर विश्वस्त छन् । यो धार्मिक नाटक हो ।

पहिलोपटक सन् २०१२ बाट’ नाटक लेखन तथा निर्देशनमा सक्रिय बनेका चे शंकरले हालसम्म एक दर्जन बढी नाटक दिर्नेशन गरिसके । उनी नाटक लेखन, निर्देशन तथा प्रशिक्षणमा क्रियाशिल छन् । यसअघि चे शंकरको निर्देशनमा पोखरामा तिर्खा नाटक मञ्चन भएको थियो ।

यसका अलावा कोहि किन बर्बाद होस्, लुक ब्याक इन एङ्गर, एनिग्मा, म्याड म्यान्स डायरी, मिस्टर फक्स एण्ड द स्कुल बोय, सेम टाइम नेक्स्ट इयर, मेमरी यार्ड आदी नाटक उनले निर्देशन गरिसकेका छन् । ईलुजन, एनिग्मा, मेमरी यार्ड, कथा नालापानीको, रुवा, मिस्टर फक्स एण्ड द स्कुल बोय उनका मुख्य नाटककृति हुन् । उनी चौकुस फिल्म प्रोडक्सन मार्फत छोटा चलचित्र निर्माणमा समेत व्यस्त छन् । यसका अलवा विभिन्न ओपन नाटक र सडक नाटकमा उनले काम गरिसकेका छन् ।

न्यारेटर गुप्रका कलाकारलाई ४० दिनको तालिम पश्चात चे शंकरले कार्यशालामा पनि सहजिकरण गरेका थिए । सहजीकरणबाट खारिएका यी कलाकारले दर्शकको मन जित्ने नेपाली रंगमञ्चमा स्थापित बन्नेमा निर्देशक शंकर आशावादी छन् ।  नाटकमा रोसन ज्ञवाली, सन्दिप पाण्डे, ज्योती हमाल, विष्णु राज तिमिल्सिना, टिकाराम पौडेल, अनुप अधिकारी, श्रृष्टि केसी, सविता सापकोटा, उज्वलराज ढकाल, विनोद रसायली, गौरव पौडेल, दिलकुमारी लक्ष्मी हमालले अभिनय गर्दैछन् ।

उनीहरु सबैले रंगकर्ममा लामो यात्रा तय गर्ने परिक्षाको रुपमा यो नाटकमा मेहनत गर्दैछन् । नाटकमा सह–निर्देशनको जिम्मा रेवन राईले निभाएका छन् ।  नाटक पोखरा थिएटरको गन्र्धव नाटकघरमा पौष १४ गतेसम्म मञ्चन हुनेछ । एक घण्टा १० मिनेट अवधिको नाटक हरेक दिन दिउँसो सवा ४ बजे तथा शनिबार अतिरिक्त सो दिउँसो १ बजे समेत मञ्चन गरिने सह–निर्देशक रेवन राईले जनाए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button