कप्तान ज्ञानेन्द्रको शतकसँगै काठमाडौंको शानदार जीत

पोखरा न्यूज – ०२, पुष । अघिल्ला दुई खेलमा पराजय बेहोरेको काठमाडौं गोल्डेन वारियर्सले जारी पोखरा प्रिमियर लिगमा शानदार पुनरागमन गर्दै एक्सपर्ट धनगढीलाई १ सय ७ रनको विशाल अन्तरले पराजित गरेको छ । वारियर्सको जीतमा कप्तान ज्ञानेन्द्र मल्लको शतकीय योगदान निर्णायक रह्यो ।

खेलमा टस जितेर फिल्डिङ रोजेको धनगढीको निर्णय गलत साबित भयो । खराब मौसमले १७ ओभरमा घटाइएको खेलमा काठमाडौंका ब्याट्सम्यानले जोडदार ब्याटिङ गरे । ओपनर गौरव तोमार खाता नखोली पवेलियन फर्किए पनि काठमाडौंले १७ ओभरमा ५ विकेटको क्षतिमा १ सय ८५ रनको विशाल योगफल खडा गर्यो ।

काठमाडौंका जयकिशन कोल्सावाल र अमृत श्रेष्ठले दोस्रो विकेटका लागि ५० रनको साझेदारी गरे । अमित ३४(२१) रनको व्यक्तिगत स्कोरमा आउट भएसँगै आएका काठमाडौंका कप्तान मल्लले त्यसपछि भने खेलको रङ्ग नै परिवर्तन गरिदिए । चौका र छक्काको वर्षा गरेका मल्लले ३८ बल मै ८ चौका र ९ छक्काको मद्दतले १ सय  रन बनाए । उनलाई राम्रो साथ दिदैँ कोल्सावालले पनि ४६(३७) रनको एङ्कर भुमिका निभाए । बलिङतर्फ धनगढीका कमलसिंह ऐरीले ४ विकेट लिए पनि ३७ रन खर्चदै महँगो साबित भए ।

१७ ओभरमै १ सय ८६ रनको विशाल लक्ष्य पछ्याएको धनगढी माथिल्लो क्रमको ब्याटिङ क्रम पावरप्ले मै धरायशी हुन पुग्यो । ठूलो लक्ष्यको दबाबले पावरप्ले मै धनगढीले २ विकेट गुमाउन पुग्यो । खराब ब्याटिङ गरेको धनगढी निरन्तर विकेट गुमाउँदै अनन्त १६ ओभरमा ७९ रन मै सीमित हुन पुग्यो । एक्सपर्ट्सका शृमान्था विजयरत्नेको १५ रन नै इनिङको सर्वाधिक बन्न पुग्यो । काठमाडौंका वसन्त रेग्मीले ३ र पवन सर्राफले २ विकेट लिए ।

आजै दिनको दोस्रो खेलमा विराटनगर टाइटन्सले पोखरा पल्टन्सको सामना गर्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button