गण्डकी प्रदेशमा ३५ एन्फा रेफ्री

दीननाथ बराल, पोखरा न्यूज – २५, पुष ।  गण्डकी प्रदेशमा ३५ जना एन्फा रेफ्री उत्पादन भएका छन्। अखिल नेपाल फुटबल संघ र एन्फा केन्द्रको सहकार्यमा हालै पोखरामा सम्पन्न भएको एक हप्ते एन्फा रेफ्री कोर्षमा सहभागि ४२ जना मध्ये  ३५ जनाले उत्रिण भएसंगै प्रदेशमा ३५ जना एन्फा रेफ्रि उत्पादन भएका हुन्।

रेफ्री स्टक्टर सुरेन्द्र शिखाकारले कोर्षमा उर्तिण भएका मध्ये  केहीले राष्ट्रिय स्तरकै फुटबल खेल खेलाउन समेत सक्ने उनले जनाए । डी लेवलको रेफ्री कोर्षमा एन्फाका धेरैे प्रकारका खेलमा उनीहरुले रेफ्रीको भुमिका खेल्न सक्ने उनले जनाए । एन्फा रेफ्री पछि, राष्ट्रिय र फिफा रेफ्रीको तह हुने भएको रेफ्रि स्टक्टर शिखाकारले बताए ।

फुटबल खेलको विकास र विस्तार गर्ने उद्धेश्यले उक्त कार्यक्रम गण्डकी प्रदेशको राजधानि पोखरामा आयोजना गरिएको एन्फाका केन्द्रिय उपाध्यक्ष कृष्ण बहादुर थापाले बताए । कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले निष्पक्ष निर्णय लिन नसके रेफ्री पद समेत खारेजी हुने हुँदा बढी सजग हुन आग्रह गरे । एउटा रेफ्रीको गलत निर्णयले धेरैलाई प्रभाव पर्ने उनको भनाई थियो ।

एन्फा रेफ्री कोर्ष उत्रीण गरेकी उपमा रायमाझीले कोर्षमा सिकेका कुरा व्यवहारमा लागु गर्दै दोस्रो चरणमा भने राष्ट्रिय रेफ्री बन्ने संकल्प गरिन् । एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले फुटवल खेलको विकास गर्न उक्त कार्यक्रम गरिएको जनाए । कार्यक्रममा सहभागिलाई भक्ता सहितको सेवा सुविधा उपलब्ध गराएको उनले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button